प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन मगर चयन

विकल्प न्यज/ बेनी
फागुन ८ गते

नेपाल मगर बिद्यार्थी संघ ,जिल्ला कार्य समिति म्याग्दीले संगठन बिस्तार अभियानलाई तिब्र रुपमा अगाडि बढाएको छ । अभियान अन्तर्गत बिहिवार सदरमुकामको बेनिबजार स्थित प्रकाश माध्यमिक विद्यालयमा मुल इकाई समिति गठन गरेको छ ।

प्रकाश माध्यमिक विद्यालयको मुल इकाई समितिको अध्यक्षमा नबराज पुन मगर चयन हुनुभएको छ । समितिको उपाध्यक्षमा खममाया रोका मगर, राम बहादुर पुन मगर ,सचीवमा बिमल घर्ती मगर , सह सचिवमा कसिस पुन मगर, कोषाध्यक्षमा दिपा बुदाथोकी , सहकोषाध्यक्षमा सपना थापा मगर सहित ५७ सदस्य कार्य समिति गठन गरिएको नेपाल मगर बिद्यार्थी संघ जिल्ला कार्य समिति म्याग्दी बहुमुखी क्याम्पस मुल इकाई समितिको कोषाध्यक्ष आकाश मगर पुनले जानकारी दिनुभयो ।

नेपाल मगर बिद्यार्थी संघ केन्द्रिय सदस्य रश्मी रोका मगरले प्रमुख अतिथिको आसन ग्रहण गर्दै मगरहरुलाई राजनैतिक चेतनाबाट बन्चित गराउने काम इतिहास कालखण्ड बाटै भएको थियो। तर अहिले आएर संघीय गणतान्त्रिक नेपालमा पनि यहि क्रियाकलाप भएको खण्डमा अधिकार मागेर होईन खोसेर लिनुपर्ने कुरामा जोड दिनुभएको थियो ।

यसैगरी कार्यक्रममा नेपाल मगर बिद्यार्थी संघ, गण्डकी प्रदेश समितिका सचीव धन बहादुर रोका (समीर)ले कार्यक्रम संचालन गर्दै पछिल्लो समयमा मगर बिद्यार्थीहरु आफ्नो सुनौलो भविस्य स्वदेशमै सिर्जना गर्न सक्ने भएकाले सामुदायिक अधिकारको लागि बर्तमान समयमा एकताको सुत्रमा बाधिएर एकीकृत राज्यको हरेक निर्णायक तहमा समाबेशी पहुचका लागि लाहुरे प्रथालाई त्याग्नुपर्ने बताउनुभयो ।

नेपाल मगर बिद्यार्थी संघ जिल्ला समितिको अध्यक्ष बिजय घर्ती मगरको अध्यक्षता नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेश सचीव समीर रोका मगरको संचालन र नेपाल मगर विद्यार्थी म्याग्दी बहुमुखी क्याम्पस इकाई समितिको उपाध्यक्ष विशाल थापा मगरको स्वागत मन्तव्यमा कार्यक्रम सम्पन्न भएको थियो ।  धन बहादुर रोका (समीर)