ताजा समाचार:
Search

रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान

विकल्प न्यूज/बेनी
फागनु ५ गते ।     न्युवेष्ट पोइन्ट आवासिय माविले राष्ट्रपति रनिङ शिल्ड बिजेता विद्यार्थीहरुलाई सम्मान गरेको छ ।  बेनी नगरपालिकाद्वारा आयोजित नगरस्तरीय दोश्रो राष्ट्रपति रनिंग शिल्ड जिते संगै विद्यालयले प्रतियोगितामा सहभागी सम्पूर्ण विद्यार्थी खेलाडीहरुलाई नगद पुरस्कार र सम्मान गरेको हो । प्रतियोगितामाविद्यालयले कुल २१ स्वर्ण ९ रजत र ११ काश्य पदक प्राप्तगर्दै प्रथम भएको थियो ।

प्रतियोगितामा विद्यालयबाट एथलेटिक्स मार्शल आर्ट, भलिबलकब्बड्डी गरि ७० जनाविद्यार्थी सहभागी भएका थिए । सोमबार दिउसो विद्यार्थी शिक्षक अभिभाबक सहितको विजय ¥याली बजार परिक्रमा गरि खुसियाली मनाएको थियो । ¥यालीपछी विद्यालयको सभाहलमा एक कार्यक्रमको आयोजना गरि विद्यार्थी खेलाडी खेल शिक्षक विधागत इन्चार्ज पुर्व विद्यार्थी खेलाडीहरुलाई समेत सम्मान गरेको छ । पदकबिजेता विद्यार्थीहरुलाई नगद पुरस्कार सहित सम्मान गरेको हो । कार्यक्रममा वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालिका सदस्य अतिरिक्ति क्रियाकलाप बिभागप्रमुख हरिकृष्ण श्रेष्ठले पुरस्कार वितरण र सम्मानकार्यक्रम सत्रको संचालन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थापक निर्देशकहरु, विद्यालय ब्यबस्थापन समितिका सदस्यशिक्षक अभिभाबक संघका अध्यक्ष सल्लाहकार सदस्य अभिभाबक पत्रकार लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सर्बोत्कृष्ट खेलाडी आइसा केसी, खेल दिपेन राइ,शिक्षक अभिभाबक संघका अध्यक्ष दिलकुमार श्रेष्ठ, प्रिन्सिपल डीबी दाहाल लगायतले बोल्नु भएको थियो ।

फाउन्देसनका अध्यक्ष सुदर्शन कुमार श्रेष्ठले यो विजयकालागि विद्यार्थी खेलाडी खेल शिक्षक अभिभाबक शुभचिन्तक सबै प्रतिअआभार प्रकट गर्दै ¥यालीमा सहभागी सबैलाई धन्याबाद दिनु भएको थियो । फाउन्डेसनका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन भाइस प्रिन्सिपल कृष्ण जिसीले गरेको वेष्ट पोइन्ट मिडिया हबले जनाएको छ ।