महिलालाई अश्लील सन्देश पठाएको आरोपमा घारका खड्का पक्राउ

विकल्प न्यूज/ बेनी
फागुन ४ गते । अन्नपूर्ण गाउँपालिका ६ घारका मेख बहादुर खड्का पक्राउ परेका छन् । सामाजिक सञ्जाल मार्फत गाउँकी एक महिलालाई अश्लिल तस्विर र सन्देश पठाएको आरोपमा नेकपाका घारा वडा कमिटिका अध्यक्ष समेत रहेका खड्कालाई आइतबार प्रहरीले प्रक्राउ गरेको हो । पीडित महिलाको जायरीका आधारमा खड्कालाई अनुशन्धानका लागि प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी तथा प्रहरी निरिक्षक ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार पीडित महिलाले प्रहरीमा उजुरी गरेपछि पक्राउ गरी जिल्ला प्रहरी कार्यालय म्याग्दीमा ल्याइएको छ। पीडित महिलाले खड्काले आफूलाई म्यासेन्जरमा अश्लील तस्वीर र सन्देश पठाएको भन्दै प्रहरीमा उजुरी दिएकी जनाइएको छ। खड्का माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।