ताजा समाचार:
Search

मंगला माविलाई दोस्रो राष्ट्रपति रनिङ शिल्डको उपाधी

विकल्प न्यूज/बेनी
फागुन ३ गते ।   मंगला गाउँपालिकाले आयोजना गरेको अन्तर माविस्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधी मंगला मावि बावियाचौरले हात पारेको छ ।

शनिबार सम्पन्न भएको प्रतियोगितामा मंगला माविले ११ स्वर्ण,१० रजत,१ कास्य गरी कुल २२ पदक जितेर प्रथम भएको हो । यसैगरी त्रिभुवन मंगला माविले ६ स्वर्ण,३ रजत र ४ कास्य गरी कुल १३ पदक प्राप्त गरी उपविजेता बनेको छ ।

महेन्द्र मावि बरंजाले ५ स्वर्ण,४ रजत र ८ कास्य गरी कुल १७ पदक हासिल गरी तृतीय भएको छ । डनिङ आवासीय माविले ५ स्वर्ण,४ रजत र २ कास्य,दिपशिखा मावि कुँहुँले २ स्वर्ण,१ रजत र १० कास्य, मालिका जनहित बोर्डिङले १ स्वर्ण र २ रजत प्राप्त गरेको प्रतियोगिताको कार्यसम्पादन उपसमितिका संयोजक सिजन रोकाले जानकारी दिनुभयो ।

प्रतियोगितामा छात्र भलिबल तर्फ मंगला मावि प्रथम,डनिङ आवासीय मावि द्धितीय र महेन्द्र मावि तृतीय,छात्रा तर्फको भलिबलमा महेन्द्ररत्न मावि प्रथम,सिद्धशान्ति मावि हिँदी द्धितीय र शिशुकल्याण मावि अर्मन तृतीय भएका छन् ।
यसै गरी कवड्डी छात्र तर्फ मंगला प्रथम,शिशुकल्याण द्धितीय,महेन्द्ररत्न तृतीय र छात्रा तर्फ महेन्द्ररत्न प्रथम,मंगला मावि द्धितीय र डनिङ तृतीय भएका छन् । प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुने माविहरुलाई क्रमशः ५० हजार,३० हजार र २० हजार नगद सहित ट्रफी,मेडल र प्रमाणपत्र प्रदान गरिएको छ । विजेता विद्यालयहरुलाई गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले पुरस्कार र प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
प्रतियोगितामा गाउँपालिका भित्रका ९ वटा विद्यालयहरुले सहभागिता जनाएका थिए । प्रतियोगिता फागनु १ गते देखि सुरु भएको थियो।