ताजा समाचार:
Search

जन्मदिनको अबसरमा बिद्यार्थीलाइ सहयोग

अमित विश्वकर्मा / विकल्प न्यूज
फागुन ३ गते ।
म्याग्दीकाली एफएममा कार्यरत संचारकर्मी समिर रोका मगरले आफ्नो जन्मदिनको अबसरमा बिद्यार्थीहरुलाइ सहयोग गर्नु भएको छ ।
बेनी नगरपालिका ५ बगुवाखोला स्थित श्री बालजागृति आधारभुत बिद्यालयमा अध्ययनरत बौद्धिक अपांगता भएका करिब ३० जना बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री खरिदका लागि बिद्यालयका प्रधानाध्यापक भक्त कार्कीलाइ ३ हजार प्रदान गर्नुभएको हो ।

रकम ग्रहण गर्दै प्रअ कार्कीले रोकाको जन्मदिन मनाउने शैलीको प्रशंसा गर्नु भएको थियो । जन्मदिनको अबसरमा केक काट्ने, र अनाबश्यक फजुल खर्च गर्ने चलनलाइ तोड्नका लागि आफुले उक्त सहयोग गरेको रोकाले बताउनु भएको छ ।

म्याग्दीकाली एफएममा प्राबिधिक प्रमुखको रुपमा कार्यरत रोका गण्डकी प्रदेश युवा संजालको अध्यक्ष, नेपाल मगर बिद्यार्थी संघ गण्डकी प्रदेशका सचिब हुनुहुन्छ । युवा बिद्यार्थी नेता समेत रहेका रोका थुपै्र सामाजिक संघ संस्थामा आबद्ध रहि सामाजिक कार्यमा अग्रसर हुनुहुन्छ ।