चीनबाट ल्याएकालाई खरिपाटीसम्म लैजान यसरी गरियो अभ्यास

भक्तपुर ।फागुन २, २०७६

कोरोनाभाइरसबाट प्रभावित क्षेत्र चीनको ऊहानबाट ल्याइने नेपालीहरुलाई त्रिभुवन विमानस्थलदेखि खरिपाटीसम्म कसरी पु¥याउने भनेर अभ्यास गरिएको छ ।चीनबाट ल्याउने नेपाली विद्यार्थीहरुलाई खरिपाटीस्थित विद्युत प्राधिकरणको कार्यलयमा राख्ने निश्चित भएपछि शुक्रबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट भक्तपुरको खरिपाटीसम्म लैजाने ‘रिहर्सल’ गरिएको हो ।

अभ्यासमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, चिकित्सक र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यलयका सचिव नाराणप्रसाद विडारी लगायतको टोली सहभागी रहेको थियो ।शनिबार दिउँसो ३ बजे नेपाल एयरलाइन्सको बाइडबडी जहाज चीनतर्फ जादैछ ।

उक्त जहाज आइतबार नेपाल आइपुग्ने छ । खरिपाटीमा १८५ विद्याथीलाई राखिने छ । जसमा ४४ महिला छन् । उनीहरुलाई छुट्छुट्टै राख्ने व्यवस्था मिलाइएको छ ।

चीन गएर आउने पाइलट लगायत चालक दलका सदस्यहरुलाई भने भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नम्बर ६ मा रहेको खानेपानी तालिम केन्द्रको भवनमा राख्ने तयारी भएको छ । उनीहरुलाई त्यहाँ राख्ने भएपछि स्थानीयले विरोध गरेका छन् ।ratopati