दाना सव–स्टेशन निर्माण अन्तिम चरणमा (फोटो र भिडियोसहित)

विकल्प न्यूज/बेनी
फागुन १ गते ।     अन्नपूर्ण गाउँपालिका ३ दानामा निर्माणधिन दाना सवस्टेशन निर्माणको कार्य अन्तिमचरणमा प्रवेश गरेको छ । नेपाल विद्युत प्राधिकरणले २२० केभीए क्षमताको कालिगण्डकी प्रशारण कोरिडोर आयोजना अन्तर्गत दानामा सवस्टेशन निर्माण गर्न लागेको हो । सवस्टेशनको करिब ९५ प्रतिशत काम सम्पन्न भएको आयोजनाले जनाएको छ । आगमी दुईमहिना भित्र सवस्टेशनमा विद्युत चार्ज गर्ने तयारी आयोजनाले गरेको छ ।

सवस्टेशनमा सिभिलको काम ९५ प्रतिशत सकिएको छ । फिनिसिङको काम बाँकी रहेको आयोजनाले जनाएको छ । आयोजनाका अनुसार इलेक्ट्रकल्स पार्टसहरु जडान गर्ने काम सकिएको छ । सवस्टेशनमा ट्रान्सफरमरहरु जडान गरी टेष्टीङ काम सकिएको छ । सवस्टेशनको मुख्य काम करिब करिब सकिएको आयोजनाले जनाएको छ । एक महिना भित्र दाना सवस्टेशन चार्ज गर्न सकिने अयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो । कुनै विवाद नआए आगमी दुइमहिना भित्र सवस्टेशन लगायत प्रशारणलाइनको सम्पूर्ण काम सकिने आयोजनाका डिभिजन प्रमुख लक्ष्मण फुयालले जानकारी दिनुभयो । प्रशारणलाईनको वाँकी रहेको काम धमाधम पनि भइरहेको छ उहाँले भन्नुभयो कुनै विवाद नआए दुइमहिना भित्र चार्जको अवस्थामा पुग्छौं ।’ सवस्टेशनको ‘केही फिनिसिङको काम वाँकी रहेपनि सवस्टेशनमा विद्युत चार्ज गर्न कुनै समस्या हुँदैन ।’ उहाँले भन्नुभयो । यसै गरी खुर्कोट सवस्टेशन पनि अन्तिमचरणमा पुगेको उहाँले बताउनुभयो । अन्नपूर्ण गाउँपालिका केन्द्र पोखरेबगरमा जग्गा विवादका कारण केही समय अवरुद्ध भएको आयोजनाले पछिल्लो समय गति लिएको छ । पोखरेबगरमा अझै दुइवटा टावर बनाउन बाँकी छ । पोखरेबगरमा विवाद नआएमा आगमी दुईमहिना भित्र आयोजनाको सम्पूर्ण काम सकिने र प्रशारणलाईन सञ्चालनमा आउने आयोजनाले जनाएको छ ।

https://www.youtube.com/watch?v=hitSKJUoGaw

पोखरेबगर वाहेक दुइहप्ता भित्र म्याग्दी र मल्लाज क्षेत्रको प्रशारणलाइनमा तार तान्ने काम सक्ने गरी काम भइरहेको आयोजनाले जनाएको छ । पाङ क्षेत्रमा तार तान्न्ने कामको ८५ प्रतिशत सकिएको छ । अवको एकमहिना भित्र दाना देखि खुर्कोट सम्म सम्पूर्ण टावरहरुमा तार तान्ने काम सकिने डिभिजन प्रमुख फुयालले जानकारी दिनुभयो । म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माण हुने जलविद्युत आयोजनाबाट उत्पादन हुने बिद्युत केन्द्रिय प्रशारण लाईनमा जोड्ने उद्देश्यले सबस्टेशन निर्माण गरिएको हो । सवस्टेशन टाटा प्रोजेक्ट एण्ड चिन्ट ईलेक्ट्रिक जेभीले दाना र पर्वतको खुर्कोटमा सबस्टेशन तथा ४० किलोमिटर दुरीको प्रशारण लाईन निर्माणका लागि ३० मे २०१६ मा दुई अर्ब ९० करोड रुपियाँमा ठेक्का सम्झौता भएको थियो ।

प्रशारणलाइन सञ्चालनमा आएपछि मुस्ताङमा निर्माण भएको १० मेघावाट क्षमताको थापाखोला, पाँच मेघावाटको घलेम्दीखोला र निर्माणमाको अन्तिमचरणमा प्रवेश गरेको ४२ मेघावाटको मिस्त्रीखोलाबाट उत्पादीत विजुली राष्ट्रिय प्रशारणलाइनमा जडान हुनेछ ।यसै गरी निर्माणधिन अवस्थामा रहेको ४० मेघावाटको राहुघाट लगायत निर्माणको चरणमा रहेका दर्जनौ आयोजनाबाट उत्पादीत विजुलीलाई राष्ट्रिय प्रशारणलाइनमा जोड्न सहज हुनुका साथै यस क्षेत्रमा जलविद्युत विकासले ढोका खुल्ने अपेक्षा गरिएको छ ।

https://www.youtube.com/watch?v=hitSKJUoGaw

 

नवविकल्पमा प्रकाशित