काँग्रेस बैठकको एजेण्डा : सरकारको समीक्षा र छानविन समिति गठन

काठमाडौं ।

काँग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्दैछ । सानेपास्थित पार्टी कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुने बैठकमा सरकारको दुई वर्षे समीक्षा र पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।बैठकमा क्रियाशील सदस्यता सम्बन्धी विधानका दफा र नियमावलीका नियम सम्बन्धमा निर्णय लिने र सात सदस्यीय क्रियाशील सदस्यता केन्द्रीय छानबिन समिति गठन गर्ने एजेण्डा पनि छ ।

गत पुस ११ मा बसेको केन्द्रीय समिति बैठकले संस्थापन इतर पक्षको उपस्थिति वेगर क्रियाशील सदस्यतासम्बन्धी विधान दफाका चलाएको थियो ।उक्त निर्णय आजको बैठकले सच्याउने भएको छ । पार्टीको संशोधन विधानको दफा ३५ को उपदफा २ अनुसार तोकिएको समयसीमाभित्र अधिवेशन गराउन कानुनी असहजता देखिएपछि उक्त बैठकले विधानको बाधा अड्काउ फुकाउ आदेशको प्रयोगमार्फत उक्त दफासहित अन्य केही दफाहरु पनि निलम्बन गरेको थियो ।

विधानको धारा ५० (६)मा रहेको क्रियाशील सदस्यले भोट हाल्न पाउने अधिकारसम्बन्धी प्रावधानमा ‘६ महिना अगावै र ‘छ महिना’ भन्नेमा सभापति शेरबहादुर देउवाले ६ महिना अगावैको बाटो रोजेका थिए ।

उक्त निर्णय सच्याइने भएको छ । तर तल्लो तहको अधिवेशन महाधिवेशन हुनुभन्दा एक वर्षअगाडि हुने पर्ने प्रावधानमाथिको लिनम्बन भने यथावत रहेन छ । यस्तै क्रियाशील सदस्यतासम्बन्धी छानबिन समिति गठनको तयारी छ ।
जसको संयोजकमा नरहरी आचार्यलाई नै दोहोर्याउने विषयमा सामान्य छलफल भइरहेको छ ।

यद्यपि उनी अस्वस्थ रहेकाले अन्यलाई जिम्मेवारी दिने कि भन्ने विषयमा छलफल भइरेको छ । तर, आचार्यको विकल्प खोजिँदा साझा व्यक्ति रोज्नुपर्ने संस्थापन इतर पक्षको माग राखेको छ ।

यता आचार्यले पनि आफूलाई जिम्मेवारी दिइए आफैले टिम बनाउन पानुपर्ने सर्त राखेका छन् ।

तर सभापति शेरबहादुर देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पोडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला  पक्षबाट एक जनालाई समावेश गरिने सहमति भएको छ ।

तीन समूहमा छानविन समितिमा कसलाई पठाउने भन्ने विषयमा आन्तरिक छलफल भइरहेको छ ।

समितिका संयोजक र सदस्यहरुको मनोनयन गर्ने जिम्मा सभापति देउवालाई दिइएको थियो । यसअघि पनि १३ औँ महाधिवेशनका लागि आचार्यको नेतृत्वमा क्रियाशील सदस्यता छानविन समिति गठन गरिएको थियो ।ratopati