ताजा समाचार:
Search

दिपक मावि पात्लेखेतलाई ५० हजार रुपैयाँ सँगै कम्प्य्ुटर सहयोग

विकल्प न्यूज/बेनी
माघ २८ गते ।

म्याग्दीको बेनी नगरपालिका १० पात्लेखेतमा रहेको दिपक माध्यमिक बिद्यालय लाई ५० हजार रुपैयाँका सँगै कम्प्युटर सहयोग  प्राप्त भएको छ । बेनी नगरपालिका १० पात्लेखेत घर भई हाल युकेमा बसोबास गर्नुहुने खिम बहादुर गर्बुजाले  नगद सहित २ थान कम्पयुटर, २ थान भलिबल र एउटा पम्प सहयोग गर्नुभएको हो ।

गर्बुजाको सहयोगले विद्यालयको शैक्षिक विकास टेवा मिल्ने बिद्यालयका प्रधानाध्यापक बिष्णुु प्रसाद ढुङगानाले बताउनुभयो ।

सहयोग हस्तान्तर गर्दै गर्बुजाले आगामी दिनहरुमा बिद्यालयको आबश्यकता अनुसार सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

सहयोग हस्तान्तरण कार्यक्रममा बेनी नगरकार्यपालिका सदस्य योगेन्द्रमान गौचन, वडा सदस्य बिष्णु रकाल बिद्यालयका सल्लाहकार कृष्ण बहादुर मल्ल, समाजसेबी चन्द्रलाल शर्मा, र बिद्यालयमा लामो समय सेवा गरेका शिक्षक गंग बहादुर मल्ल लगाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रम बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ सुबेदिको अध्यक्षता बेनि नगरपालिका १० का कार्यबाहक वडा अध्यक्ष लोक बहादुर पुन मगरको प्रमुख आतिथ्यता र शिक्षक खेमराज सुबेदिको सञ्चालनमा सम्पन्न भएको थियो ।