मलिकाको दोस्रो राष्ट्रपति रनिङ्ग शिल्डको उपाधी पुनः भिम माविलाई

विकल्प न्यूज/बेनी
माघ २५ गते ।
जिल्लाको मालिका गाउँपालिका–६ दरबाङ्गमा सम्पन्न अन्तरमावि स्तरिय दोस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधी भिम माविले जितेको छ ।
मालिका गाउँपालिकाको केन्द्र दरबाङ्गमा शनिबार सम्पन्न प्रतियोगितामा भिम माविले १३ स्वर्ण ,४ रजत र ४ कास्य हात पार्दै उपाधी जित्न सफल भएको हो । भिम मावि गत बर्ष भएको प्रथम राष्ट्रपति कपको विजेता समेत हो । यसैगरी ७ स्वर्ण ,१० रजत र ५ कास्य जितेको किसानी मावि विम द्धितिय भएको छ भने ३ स्वर्ण ,५ रजत र ७ कास्य जितेको जनप्रिय मावि तृतिय भएको गाउँपालिकाका शिक्षा संयोजक तेजप्रसाद लामिछानेले जानकारी दिनुभयो ।प्रतियोगितामा विजेता भिम माविले रनिङ्ग शिल्ड ,५५ हजार रुपैयाँ ,ट्रफि ,मेडल र प्रमाण्पत्र ,उपविजेता किसानी माविले ४० हजार रुपैयाँ , ट्रफि मेडल र प्रमाणपत्र तथा तृतिय जनप्रिय माविले २५ हजार रुपैयाँ ,ट्रफि ,मेडल र प्रमाणपत्र पाएका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर ,वडा नं ७ का अध्यक्ष रेशम जुग्जाली ,वडा नं ५ की अध्यक्ष पिपला बुढाथाकी ,जनप्रिय माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विरबहादुर कार्कि ,प्रअ दिवाकर सुवेदी ,शिक्षक बालकृष्ण शर्मा,केबी एकेडेमीका प्रवन्ध निर्देशक हिराबहादुर पुन , लगायतले विजेता तथा उपविजेताहरुलाई पुस्कार वितण गर्नुभएको थियो । विद्यागत प्रतियोगितामा विजेता ,उपविजेता र तृतिय हुने विद्यालयले पनि नगद ,मेडल र प्रमाणपत्र पाएका छन् ।११ विद्यालय सहभागि भएको सो प्रतियोगितामा दरबाङ्ग इङलिस बोर्डिङ्ग स्कुलले ३ स्वर्ण ,२ रजत र १ कास्य ,केबी एकेडेमी बोर्डिङ्ग स्कुलले २ स्वर्ण २ रजत र ४ कास्य ,ओखरबोट माविले ३ रजत ,सिद्धार्थ माविले १ स्वर्ण र २ कास्य ,अमरज्योती माविले १ स्वर्ण र २ कास्य ,निस्कोट माविले १ कास्य ,राष्ट्रिय माविले २ रजत २ कास्य तथा गौबमबस्त माविले ३ रजत २ कास्य जित्न सफल भएका छन् ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष रोका मगरले विजेता तथा उपविजेता विद्यालयलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले विद्यार्थीमा लुकेर रहेको क्षमता उजागर तथा खेलकुदको प्रवद्र्धन गर्नमा प्रतियोगिताले सहयोग पुगेको बताउनुभयो । प्रतियोगिताबाट छनौट भएका खेलाडीहरु जिल्लामा हुने जिल्लास्तरीय प्रतियोगिातमा सहभागि हुने जानकारी दिनुभयो ।

‘ग्रामिण भेगका विद्यालयमा अध्ययनरत विद्यार्थीहरुमा रहेको प्रतिभा उजागर,आन्तरिक पर्यटन प्रवद्र्धन गर्न ,गाउँपालिकाबाट उत्कृष्ट प्रतिभा छनौट गरी जिल्ला प्रदेश र राष्ट्रिय प्रतियोगितामा सहभागि गराउने उद्धेश्यले प्रतियोगिताको आयोजना गरिएको हो,’ अध्यक्ष रोका मगरले भन्नुभयोे ।’