लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको सहयोगमा तोरीपानीमा निर्मित विद्यालय भवनको उदघाटन (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
माघ २३ गते । लायन्स क्लब्स अन्तराष्ट्रिय कोषको आर्थिक सहयोगमा बेनी नगरपालिका ९ तोरीपानी स्थित गलेश्वर माध्यमिक विद्यालयमा निर्माण गरिएको नयाँ भवनको विहिवार एक कार्यक्रमका विच उद्घाटन गरिएको छ । लयान्सका डिष्ट्रिक्ट गर्भनर इन्दु लम्साल,संविधान सभा सदस्यहरु गोविन्द पौडेल,नवराज शर्मा,रेशम बानियाँ,जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र बहादुर केसी लगायतका लायन्सका विभिन्न पदमा रहेका लायन्स सदस्यहरुले नव निर्मित भवनको उदघाटन गर्नुभएको हो । लयान्स क्लब्स अन्तारिष्ट्रय कोषको करिब एक करोड ९३ लाख रुपैयाँ आर्थिक सहयोगमा दुइ तल्ला भएको ८ कोठे सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।

भवन सँगै तिन कोठा भएको अपाङग मैत्री शौचालय पनि निर्माण गरिएको छ । विद्यालयमा भवन निर्माण पछि पठन पाठनमा सहयोग पुगेको विद्यालयले जनाएको छ । नयाँ भवन बनेको खुसियालीमा स्थानीयवासी,शिक्षक,अभिभावक र विद्यार्थीहरुले खसियालीमा नाचगान समेत गरेका थिए । तस्विरहरु ठाकुरप्रसाद आचार्य