ताजा समाचार:
Search

आफू बन्नलाई कि देश बनाउनलाई हो राजनीतिक पद !

शान्ति बस्नेत/विकल्प न्यूज
माघ २० गते ।
राजनीति किन आवश्यक भन्ने वितिकै नेताकै भाषा प्रयोग गर्दा “देश बनाउन देश बचाउन भन्ने हरेक नेताहरुको मुखमा झुन्डिएको छ“ यति मात्रै हैन नेताको थेगो भन्दा पनि फरक पर्दैन है । हाम्रो शरीर स्वस्थ्य र सुन्दर बनाउन विभिन्न भिटामिनको महत्वपूर्ण भुमिका रहे जस्तै हाम्रो देशलाई सुखी र समृद्ध बनाउन पनि नेतृत्व कर्ताहरुको सोचमा निष्पक्ष र अर्थात निस्स्वार्थ भावनाले काम गर्नुपर्दछ ।

विकासका बारे हामी धेरै नै विभिन्न स्थानहरुमा वहस गर्ने गर्छौ तर त्यही बहसमा भएका कुराहरुलाई सैद्धान्तिक रुपमा मात्रै हामी कर्म गर्न अघि बढि रहेका छौं । देशलाई सुखी बनाउन त पहिला देशलाई निस्स्वार्थ रुपमा प्रेम गर्नुपर्दछ । किन कि आफ्नो जन्म भूमि भनेको जन्म दिने माता सम्मान हुन । यो भनाईलाई सैद्धान्तिक रुपमा मात्रै हैन व्यवहारिक रुपमा कार्यान्वयनमा लानु पर्दछ ।

विचारले मात्रै देश बन्दैन यदि सोचले मात्रै देश बन्ने भए त हामी (नेपाल) संसारकै धनी देश भनेर यो समय चिनिन्थ्यौ, यसमा कुनै दुई मत नै हुन्न भन्ने कुरामा विश्वास छ । हाम्रो देशले गफ दिने नेतालाई चाहि प्रशस्त मात्रमा उत्पादन गर्न सक्षम भएको छ । राजनीतिक दलहरुसंग विकासका एजेण्डा नभएका पनि हैनन, नेताहरु काम गर्नै नसक्ने पनि छैनन, तर पनि एउटा काम गर्ने शैली मात्रै अपत्यारीलो अविश्वसनीय बन्दै गएको छ ।

राजनीतिक दलका निम्ति जनता भनेका ज्यूँदा भगवान हुन । किन कि जनताले नै चुनावमा कुनै एक दलबाट नेतृत्वमा पुग्नलाई आफ्नो अमूल्य भोट दिई नेतालाई योग्य मानी विभिन्न राजनीतिक अवसर दिई पदमा पुग्नलाई आफ्नो मत दिने गरेका छन् । तर चुनावका समयमा नेताहरु जनतालाई देउता माने पनि चुनाव सकिएपछि र पद पाए पछि त्यही जनताको मतको कदर भएको पाइएको छैन् ।

जनताहरु एक पेट टन्न खान पनि मरिहत्ते गर्ने दिन कहिलेसम्म हो ? ज्वारो आउँदा एउटा सिटामोल खाना पाएको छैन् तर त्यही जनतालाई विकास साथै रोजगार अर्थात दैनिक जीवनमा आईपर्ने गाँस, वास र कपासको निम्ति नै विभिन्न देशहरुसंग सहकार्य गरी ऋण, अनुदान माग्ने ।

अनी जनताको नाममा यसरी आफू मात्रै सुख सुविधा उपभोग गरि सम्पन्न भई जहिले पनि हामी जनतालाई भिखारी बनाउने खाली नेताहरु चाहि चुनाव ताका चाहि जनता सामू लम्परार बन्ने अनि जिते पछि चाही खाली विदेश मात्रै धाउन व्यस्त हुने गरेको हामी सबैले भोग्दै आएका छौं ।

नेता बन्न मात्रै गार्होको विषय बनेको छ नत्र के पदका निम्ति तछाड मछाड त्यसै हुन्छ त विकास देश विकास होईन रहेछ व्यक्ति विकासमा मात्रै सीमित बन्दै हाम्रो देश पनि विकासका विचारमा साघुरिदै गई रहेको छ । देश बनाउने नारा हुन्छ नेताको तर पद नपाउन्जेल मात्रै हो रहेछ सत्य वचन, पद पाए पछि त विपरीत कार्य भई रहेको छ।

राजनीतिक पद भनेको त सम्मननीय पद हो नि तर यहाँ त्यही पदको दुरुपयोग भई रहेको छ । राजनीति भनेको त यस्तो शक्तिसाली पद हो हरेक असम्भव कुराहरुलाई कर्म मार्फत सम्भव बनाउन सकिने विषय बस्तु हो । विश्व राजनीतिले नै कति धेरै विकसित भएका छन । राजनीतिक आफ्ना पक्षमा भएर हाम्रो देशमा विकास हुन सकेको छैन आफूलाई भन्दा पनि जनतालाई साक्षी राखी जनताका सडकका आवाज सदनमा पु¥याउने नेता बन्न सके मात्रै सच्चा नेता मान्न सकिन्छ ।

नेता जनता प्रेमी हुनुपर्छ, विचार प्रेमी मात्रै भएका छन् विकास प्रेमी चाहियो । विकासका दस्तावेज र बजेट संसदबाट पारित भए पछि सांसदको झोलामा मात्रै सीमित नहोस आम नेपाली जनताको हकहितमा निम्ति कार्य गर्नुपर्छ । अवसर जनताले सबैलाई दिई रहेका छन । तर नेताहरु चाहि जनताको मतलाई मध्ये नजर नै नगरी कन जनतालाई आफ्नो भोटको नाश भयो भन्ने पश्चताव लाग्ने दिनहरु नहोस् समयमा नै सोच्नु पर्नेछ ।

आफू र आफ्ना घर परिवार नातागोतालाई मात्रै सोच्ने जस्ता गतिविधिबाट टाढै रहनुपर्छ । दीर्घकालीन राजनीति गर्ने मनासिव भएकाहरु नत्र आफू बन्ने र समाजलाई जस्तो पहिला त्यस्तै नै केही समाजलाई सुर्धान नसक्ने भए राजनीतिको अर्थ के त ? परिवर्तन जो कोहीले चाहेर मात्रै हुदैन किन कि त्यो पद पाएको मान्छेले गर्न सक्छ र सम्भावना पनि रहेको हुन्छ ।

एउटा सर्वसाधरण मान्छे पद पाउने वितिकै आफू धनी हुनुहैन परिवर्तन त एउटा समाजमा बस्ने मान्छेले पद पाए पछि सम्पूर्ण समाजमा बसेका नागरिकहरुको दिनचर्या अन्य कुराहरुलाई हरेक तवरबाट व्यवस्थित र सुलब तरिकाबाट उपलव्ध गराउन सक्नु नै पदको मर्यादा हुन सक्छ ।
त्यस कारण राजनीतिक पद होस् या अन्य जुनसुकै पदहरु हुन पदलाई राम्रोसंग परिचालन गर्न सक्नुपर्दछ र समाज परिवर्तन गर्न मद्दत गर्नुपर्दछ । व्यक्ति विकास भन्दा पनि समाज विकास गर्नतर्फ हातेमालो गरी अगाडी बढौं ।