ताजा समाचार:
Search

बाबा आमाको सम्झनामा सुईटर तथा स्टेशनरी सहयोग

विकल्प न्यूज /बेनी
माघ १४ गते

रघुगंगा गाँउपालिका ३ रानिपौवामा रहेको अमरसिंह आधारभूत विद्यालयका विद्यार्थिहरुलाई सुईटर तथा स्टेशनरी वितरण गरीएको छ । बाल कक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने सो विद्यालयमा बाबा इमानबहादुर कार्की र आमा फुलकुमारी कार्कीको सम्झनामा छोराहरु जेठा मिनबहादुर कार्की, माहिला तोरण बहादुर कार्की र कान्छा दिपक कार्कीले विद्यालयमा अध्ययन गर्ने ४१ जना विद्यार्थिहरुलाई २० हजार रुपैयाँ बराबरको जाडोको लागि स्वईटर, कपी, कलम वितरण गरेको विद्यालयका प्र.अ महदक्त सुबेदीले बताउनु भयो ।

कार्यक्रममा बोल्दै दिवांगत कार्की दम्पतिका कान्छा छोरा दिपक कार्कीले बाबा आमाको सम्झनामा आफ्नै गाउँको विद्यालयमा कपी, कलम र न्यानो कपडा वितरण गरेको बताउनु भयो । उहाँले सरकारी विद्यालयमा गुणस्तरीय शिक्षा सँगै, व्यवहारीक शिक्षा पनि प्रदान गरिनु पर्ने बताउनु भयो ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष जगत बहादुर शाहीको अध्यक्षता, शिक्षक याम बहादुर केसीको स्वागतमा सम्पन्न भएको कार्यक्रमको विद्यालयका प्रअ सुबेदीले सञ्चालन गर्नु भएको थियो । कार्यक्रममा विद्यालयको तर्फ देखि अर्ध बार्षिक परिक्षामा भाग लिएर प्रथम, द्धितिय र तृतिय हुनेलाई पुरस्कार वितरण पनि गरीएको थियो ।