ताजा समाचार:
Search

हेर्नुहोस् परिश्रमी नरबहादुर थापाको बाख्रापालन व्यवसाय (भिडियो)

विकल्प न्यूज/बेनी
माघ १३ गते ।
बेनी नगरपालिका १ हुलाकेका नरबहादुर थापा मगरले बोयर जातको बाख्रापालन गर्नुभएको छ । निसान बोयर बाख्रा फार्म दर्ता गरी थापाले व्यवस्थित रुपमा बाख्रापालन व्यवसाय सुरु गर्नुभएको छ ।

३९ वर्षीय थापा इराकमा पाँचवर्ष विताई नेपाल फर्किएर बाख्रापालन व्यवसाय सुरु गर्नुभएको हो । पहिला खरिजातका बाख्रा पाल्नुभएका थापाले दुइवर्ष अगाडिबाट बोयर बाख्रा पाल्न थाल्नुभएको छ ।

व्यवस्थित खोर निर्माण गर्नुभएका थापाका अहिले गोठमा ४१ बाख्रा छन् । गत वर्ष भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्रबाट ४ लाख पचास हजार रुपैयाँ अनुदान ल्याएर आधुनिक खोर निर्माण गर्नुभएको छ ।

विदेशमा भन्दा स्वदेशमै बाख्रापालन व्यवसायले परिवारको मुहारमा खुसी छाएको उहाँले बताउनुभयो । आगमी दिनमा व्यवसायलाई अझै विस्तार गर्ने योजना उहाँले सुनाउनुभयो । समय समयमा बेनी नगरपालिका र वडाबाट पनि सेवा सुविधा पाउने गरेको उहाँले बताउनुभयो । १५ /२० वर्ष सम्म खाली रहेको जमिनलाई सदुपयोग गरेर घाँस रोप्नुभएको छ । बाख्रापालन व्यवसायबाट राम्रो आम्दानी गर्न सकिने उहाँको अनुभव छ ।

भिडियो ठाकुरप्रसाद आचार्य