मानबमुत्रको प्रयोगले अर्मनमा बढ्यो सुन्तलाको उत्पादन

अमित विश्वकर्मा/बेनी
माघ १२ गते ।
म्याग्दीको मंगला गाउँपालीका ५ अर्मनमा मानबमुत्रको प्रयोगले सुन्तला उत्पादनमा बृद्धी भएको छ । मंगला ५ को अर्मन, आरुखोला, मठबोट र खालाखर्कमा गरि यस बर्ष करिब ३० लाखको सुन्तला बिक्रि गरिएको हो ।

पोखरा बाट गाउँमै आएका ब्यबसायीले बिभिन्न समयमा गरि उक्त सुन्तला खरिद गरेका हुन । अर्मनमा करिब ५० घरधुरी कृषकहरुले ब्यबसायीक रुपमा सुन्तला खेती गरेका अर्मन सुन्तला उत्पादन कृषक समुहका अध्यक्ष धन बहादुर रोकाले बताउनु भएको छ । उहाँले आफ्नो सुन्तलाबारीबाट यस बर्ष रु २ लाख २७ हजारको सुन्तला बिक्री भएको बताउनु भयो ।

अध्यक्ष रोकाका अनुसार आरुखोलाका धन बहादुर छन्त्यालले रु १ लाख ५७ हजार, अर्मनका प्रेम बहादुर रोकाले रु १ लाख ४३ हजार, मठबोटका रबिलाल छन्त्यालले रु १ लाख ७८ हजार, टेक बहादुर श्रीसले रु १ लाख २२ हजार र मठबोटकै दिल बहादुर छन्त्यालले रु १ लाख १ हजारको सुन्तला बिक्री गर्नु भएको छ ।

सुन्तला बगैचामा मलको रुपमा मानब मुत्रको प्रयोग गरेपछि गत बर्षको भन्दा यस बर्ष दोब्बरले सुन्तला उत्पादन बृद्धी भएको मंगला गाउँ कार्यपालिका सदस्य समेत रहनु भएका खोलखर्कका सुन्तला उत्पादक कृषक रत्न बहादुर बिश्वकर्माले जानकारी दिनुभएको छ । सुन्तला उत्पादन राम्रो भएपछि बर्षेनी यहाँका कृषकहरुले कोदो, मकै उत्पादन हुने बारीमा समेत सुन्तला खेती बिस्तार गर्न थालेको बिश्वकर्माले बताउनु भयो ।गाउँपालिकाका अध्यक्ष सत प्रसाद रोकाको पहलमा जिल्ला मै पहिलो पटक अर्मनमा गत बर्ष देखि मानब मुत्र संकलन गर्न लागिएको थियो, अहिले यो अभियान उपलब्धीमुलक बनेको छ, कार्यपालिका सदस्य बिश्वकर्माले भन्नुभयो ¾शिशुकल्याण माबीमा संकलन गरिएको मानबमुत्र प्रति लिटर रु २५ मा खरिद गरि सुन्तला खेतीमा प्रयोग ग¥यौँ यसले उत्पादन राम्रो दियो सबै कृषक खुसी छौं® । यसका साथै प्रत्यक घरघरमा पनि मानबमुत्र संकलन गरिदै आइएको छ । सुन्तला खेती बाट प्रशस्त आम्दानी हुन थाले पछि यहाँका कृषकहरु थप उत्साहित बनेका छन ।

समुन्दी सतह देखि करिब १६०० मिटर उचाइमा रहेको अर्मन गाउँलाइ मंगला गाउँपालिकाले सुन्तला पकेट क्षेत्र घोषण गरि बिभिन्न कार्यक्रमहरु पनि संचालन गर्दै आइरहेको छ ।