ताजा समाचार:
Search

म्याग्दी जेसीजको अध्यक्ष चयनका लागि भएको मतदान सम्पन्न (भिडियो \फोटो सहित)

विकल्प न्यूज/बेनी
माघ ११ गते ।    म्याग्दी जेसिजको सन २०२० को शाखा अध्यक्ष चयनका लागि भएको निर्वाचन सम्पन्न भएको छ । शनिबार जेसिज सचिवालय बेनीमा मतदान सम्पन्न भएको हो ।

६० सदस्य रहेको जेसिजमा ५५ जनाले मतदान गरेको निर्वाचन आयुक्त कमल विश्वकर्माले बताउनुभयो ।
सर्वसम्मत रुपमा थालिएका प्रयासहरु विफल भएपछि पहिलोपटक मतदानद्धारा अध्यक्ष चयनको प्रक्रिया थालिएको हो । अध्यक्षका दुई प्रतिस्पर्धी सुजन बरुवाल र शैलेश श्रेष्ठ चुनावी मैदानमा उत्रिनुभएको थियो ।

गत पुस २६ गते आयोजना गरिएको २१ औं वार्षिक साधारणसभा तथा शाखा अधिवेशनबाट सर्वसम्मत रुपमा नेतृत्व चयन हुननसकेपछि मतदान प्रक्रियामा लगिएको हो । मतगणना अवको केही समयमा पछि सुरु गरिने निर्वाचन समितिका सदस्य भिसेन बराइलीले जानकारी दिनुभयो ।