बेनीको मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ

विकल्प न्यूज/बेनी
माघ ७ गते ।

बेनी नगरपालिका ७ मंगलाघाटका दुई युवा लागूऔषध सहित पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीको टोलीले उनीहरुलाई सोमबार साँझ उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा मगलाघाट बस्ने वर्ष २५ का मनोज खत्री र वर्ष २२ का आशिष खत्री रहेको प्रहरीले जनाएको छ । उनीहरुले लागूऔषधको बेचविखन तथा कारोवार गर्ने गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको प्रहरी निरिक्षक तथा सूचना अधिकारी ध्रुवप्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रहरी टोलीले युवाहरुको घर खनतलासी गर्दा वेचविखन गर्ने उदेश्यले आफ्नो कोठामा लुकाई राखेको बिभिन्न परिमाणका लागुऔषध(डाईजापाम,फेनेरागन र नुर्फिन समेत) फेला पारी जनप्रतिनिधी तथा स्थानिय मानिसहरुको रोहबरमा बरामद गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका युवाहरु माथि अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।

बरामद भएका लागूऔषधको बिबरण
क) डाईजापाम – १०४ एम्पुल,
ख) फेनेरागन – १०४ एम्पुल ।
ग) नुर्फिन (१०६ एम्पुल
घ) सिरिन्ज( ०२ थान ।
मोबाईल सेट थान(०१