उपसभामुखको राजिनामा आउँछ ः प्रवक्ता श्रेष्ठ

ठाकुरप्रसाद आचार्य/बेनी
माघ ४ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले माघ ६ गते वस्ने संघीय संसदको वैठकले सभामुख निर्वाचन प्रक्रिया सुरु गर्ने बताउनुभएको छ ।

शनिबार विहान बेनीमा प्रेस संगठन नेपाल म्याग्दी शाखाले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै नेता श्रेष्ठले अव पनि सूचना टाँस गरेर संसद वैठक स्थगित हुने वातावरण नहुँने विश्वास व्यक्त गर्नुभयो ।

उपसभामुखले राजिनामा दिने र सभामुख नेकपाबाटै हुने उहाँले बताउनुभयो । सभामुख चयनका विषयमा पार्टी भित्र कुनै विवाद नभएको उहाँको भनाई थियो । आगमी माघ ९ गते हुन लागेको राष्ट्रियसभा निर्वाचनको शिलशिलामा म्याग्दी आउनुभएका नेता श्रेष्ठले बहुचर्चित एमसीसीका वारेमा सचिवालयको वैठकमा छलफल भएको बताउँदै राष्ट्र हित र स्वाधिनतालाई प्राथमिकतामा राखेर पार्टीले चाँढै उचित निर्णय लिने बताउनुभयो ।
आगमी २०७७ साल भित्र पार्टीका सवै कमिटिको अधिवेशन गर्ने गरी पार्टी भित्र छलफल चलेको उहाँले बताउनुभयो ।
नेता श्रेष्ठका साथमा राष्ट्रियसभा उम्मेदावर भगवती न्यौपाने पनि बेनी आउनुभएको छ । उहाँहरुले राष्ट्रियसभाका मतदाता र पार्टीका नेता तथा कार्यक्रर्ता सँग भेटघाट गर्नुहुँने कार्यक्रम तय भएको छ ।