बेनीमा माघेसंक्रान्ति मेला ः २५ तस्विर र भिडियोमा हेर्नुहोस

विकल्प न्यूज/बेनी
पुस २९ गते ।       बेनीमा मंगलबार देखि माघे संक्रान्ति मेलाको आयोजना गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यम विकास समितिले बेनीको खुल्ला मञ्चमा दुईदिने मेलाको आयोजना गरेको हो । मेलाको गण्डकी प्रदेश सभाका सांसद विनोद केसीले उद्घाटन गर्नुभएको छ ।

मेलाको उद्घाटन पूर्व विभिन्न जातजातिका झाँकी,बाजागाजा र भेषभुषा सहितको ¥याली निकालिएको थियो ।
सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० का पाहुनालाई स्वागत तथा भ्रमणवर्षको सुभारम्भ गर्न मेला आयोजना गरिएको महिला उद्यम विकास समितिकी सभापति सुनिता केसीले बताउनुभयो ।

मेलाका अवसरमा नेपाल भ्रमण वर्ष २०२० विषयक खुल्ला लोकगीत प्रतियोगिता राखिएको छ । माघे संक्रान्ति मेलाको जगेर्ना,स्थानीय कला संस्कृतिको संरक्षण र सम्बद्र्धन,आन्तरिक पर्यटनको प्रवद्र्धन गर्नमा टेवा पु¥याउन विश्वास आयोजकले व्यक्त गरेका छन् ।

दुई दिन सम्म सञ्चालन हुने मेलामा खुला एकल लोकनृत्य प्रतियोगिता, भ्रमण वर्ष २०२० विषयक लोकगीत प्रतियोगिता, महिला पुरुष अन्धनिशान,महिला पुरुष छेलोफाल्ने,महिला पुरुष लठोतान्ने प्रतियोगिता,कृषि उपज प्रतियोगिता,पर्यटकीय स्थलहरुको फोटो प्रदर्शनी र स्थानीय कलाकारहरुको प्रस्तुती रहने छ ।