जिसस म्याग्दीको नवनिर्मित भवनको मुख्यमन्त्री गुरुङद्धारा उद्घाटन (फोटो)

विकल्प न्यूज/बेनी
पुस २२ गते । जिल्ला समन्वय समिति म्याग्दीको नवनिर्मित सभाहल सहितको  भवनको गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले उद्घाटन गर्नुभएको छ । मंगलबार जिसस म्याग्दीले आयोजना गरेको एक कार्यक्रमका विच मुख्यमन्त्री गुरुङले भवनको उद्घाटन गर्नुभएको हो ।
तत्कालिन शान्ति तथा पूननिर्माण मन्त्रालयको एक करोड ४२ लाख,गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक करोड ८८ लाख ८६ गरी तिन करोड ३० लाख ८६ हजारमा उक्त सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।