ताजा समाचार:
Search

सिद्धार्थ माविलाई ल्यापटप र प्राजेक्टर सहयोग

विकल्प न्यूज/बेनी
पुस १५ गते ।    यहाँको एक विद्यालयलाई ल्यापटप,प्रोजेक्टर र पुस्तक सहयोग प्राप्त भएको छ । म्याग्दीको मालिका गाउँपालिका ४ च्युरिबोट स्थित सिद्यार्थ माविलाई सोही च्युरिबोट घर भइ हाल युके ,जापान र अमेरिकामा बसोबास गर्नुहुँने समाजसेवी क्याप्टेन लक्ष्मण पुन मगरका तीन दाजुभाई ,धिरज र बिजयको संयुक्त परिवारले सो सहयोग गर्नुभएको हो ।

विद्यालयको आयोजनामा सम्पन्न स्वागत, सम्मान तथा अन्तरक्रिया कार्यक्रममा परिवारका तर्फबाट समाजसेवी क्याप्टेन लक्ष्मण,धिरज र विजय पुन मगरले विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ति मगरलाई एक थान कम्प्युटर,एक थान प्रोजेक्टर र पुस्तकालयलाई पुस्तक हस्तान्तरण गर्नुभएको हो । विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिसंग जोड्न मदत पुगोस भनेर सहयोग गरिएको समाजसेवी क्याप्टेन पुन मगरले बताउनुभयो । पठनपाठनलाई प्रविधिमैत्रि बनाउन सहज हुने बताउनुभयो ।

दुर्गम गाउँका विद्यालयमा शिक्षण सिकाईलाई प्रविधिसंग जोड्न सकिएमा मात्र गुणस्तरीय शिक्षा हासिल गर्न सकिने उहाँको भनाई छ । ‘दुर्गम गाउँको विद्यालयमा शिक्षण सिकाइलाई प्रविधिसंग जोड्न सहज होस भनेर ल्यापटप र प्रोजेक्टर सहयोग गरिएको हो,’ समाजसेवी क्याप्टेन पुन मगरले भन्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ति मगरले सहयोगी परिवारलाइ धन्यवाद व्यक्त गर्नुभयो । उहाँले ल्यापटप र प्रोजेक्टर सहयोगले विद्यालयमा शिक्षण सिकाइमा सहयोग पुग्ने बताउनुभयो । विद्यालयका प्रअ घर्ती मगरले सहयोगले विद्यालयलाई ठुलो राहत पुग्ने बताउनुभयो । उहाँले आर्थिक अभावका कारण विद्यालयमा शिक्षण सिकाइलाई प्रविधि जोड्न समस्या भएको बताउनुभयो ।

न्युन दरबन्दि र आर्थिक अभावका कारण विद्यालय संचालनमा स्थानीयलाई ठुलो आर्थिक समस्या हुने गरेको बताउनुभयो । आधुनिक शिक्षण सिकाइ प्रणालीलाई प्रविधिमैत्रि बनाउन सबैलाई सहयोगको अपिल गर्नुभयो ।

यसैगरी सोही कार्यक्रममा डाक्टर ममता पुन मगरले विद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धी प्रशिक्षण दिनुभएको थियो भने करिब १५ हजार रुपैयाँ बराबरको दन्त मन्जन र ब्रस वितरण गनुभएको थियो । अमेरिकामा पार्कर खेलका प्रशिक्षक स्पर्ष पुन मगरले विद्यार्थीहरुलाई सो खेलको परिचय महत्व र फाइदाको बारेमा प्रशिक्षण गराउनुभएको थियो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पुर्व प्रअ एव् अध्यक्ष तमबहादुर पुन मगरले सहयोगी पुन परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष घर्ति मगरको अध्यक्षता ,शिक्षक छबि घर्ति मगरको संचालन र शिक्षक प्रदिप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसअघि समाजसेवी क्याप्टेन पुन मगरको पहलमा विदेशी संस्थाको आर्थिक सहयोगमा छ कोठे पक्की भवन निर्माण गरिएको छ । भने उहाँको परिवारको पहलमा फ्रान्सको नमस्ते ईन्फान्ट डी हिमालयकोे सहयोगमा विद्यालयमा अध्यापनरत दुई जना निजि स्रोतका शिक्षकहरुलाई तलबको व्यवस्थापन गरिएको छ ।