सिद्धार्थ माविका विद्यार्थीलाई पुरस्कार तथा शैक्षिक सामाग्री वितरण

विकल्प न्यूज/नारायण राई
पुस १ गते  म्याग्दीको मालिका गाउँपालिका –४ च्युरिबोट स्थित सिद्धार्थ माविमा अध्ययनरत विद्यार्थीहरुलाइ सम्मान ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरिएको छ । च्युरिबोट घर भई हाल युकेमा कार्यरत बलबहादुर चोचाङ्गी पुन र बागबिर चोचाङ्गी पुन मगरद्धारा स्थापित वि एण्ड वि फाण्डेशनले पुरस्कार वितरण ,शैक्षिक तथा खेलकुद सामाग्री वितरण गरेको हो ।

विद्यालयको आयोजना तथा फाउण्डेशनको प्रायोजनमा सोमबार सम्पन्न कार्यक्रममा विद्यालयमा अध्ययनरत दुई जना जेहेन्दार तथा गरिब विद्यार्थीलाई ५ हजार रुपैयाँका दरले दश हजार रुपैयाँ पुरस्कार वितरण गरिएको थियो भने कक्षा एक देखी दश सम्म अध्ययनरत करिब दुई सय जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको थियो ।

कार्यक्रममा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका मगर,फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगर ,अभिभावकद्धय तमबहादुर पुन मगर र नरबहादुर पुन मगरले पुस्कार तथा शैक्षिक सामाग्री वितरण गर्नुभएको हो ।
गाउँपालिकाका अध्यक्ष रोका मगरले पुरस्कार तथा शैक्षिक सामाग्री वितरण गर्नुहुँदै विदेशमा बसेर पनि राज्यले लिनुपर्ने दायित्व व्यक्तीले लिएको भन्दै धन्यवाद दिनुभयो । प्रवासमा रहेका म्याग्दीलीहरुले जिल्लाका शैक्षिक ,सामाजिक ,स्वास्थ्य तथा विभिन्न आपतविपतमा पु¥याएको योगदान उदाहरणिय भएको उल्लेख गर्नुभयो ।

ग्रामिण भेगमा रहेका विद्यालयहरुलाई राज्यको वेवास्ताका कारण स्थानीयलाई विद्यालय संचालनमा ठुलो आर्थिक समस्या हुने गरेको बताउनुभयो । अध्यक्ष रोका मगरले सिद्धार्थ मावि सहित गाउँपालिका भित्र रहेका विद्यालयमा शिक्षक व्यवस्थापनका लागि गाउँपालिकाले बजेट विनियोजन गरेको बताउनुभयो ।

कार्यक्रमममा फाउण्डेशनका संस्थापक सदस्य बागबिर चोचाङ्गी पुन मगरले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनमा सहयोग गर्न तथा विद्यालय बाहिर रहेका विद्यार्थीलाई विद्यालय भर्ना गर्न प्रोत्साहन गर्ने उद्धेश्यले फाउण्डेशन स्थापना गरिएको बताउनुभयो । साथै फाउण्डेशनले विभिन्न संघ संस्थामा आवद्ध रहेर उत्कृष्ट काम गरी सामाजिक विकासमा योगदान पु¥याउने व्यक्तीत्वहरुलाई सम्मान गर्दै आएको बताउनुभयो । कार्यक्रममा मोना युकेका संस्थापक एवम् श्री सिद्धार्थ अक्षयकोषका अध्यक्ष दलमान पुन ,समाजसेवी एवम् विद्यालयका पुर्व अध्यक्ष तमबहादुर पुन ,विद्यालयका प्रअ ललितबहादुर घर्ति मगर ,नेकपाका नेता एवम् समाजसेवी रेशम पुन मगर,समाजसेवी मेखबहादुर पुन, प्रेम सिउँथानी ,भिजेन्द्रमान पुन लगायतले बोल्नुभएको थियो ।

साथै सोही कार्यक्रममा पत्रकार साधन घर्ति मगर (राम्जाली) सम्मानित हुनुभएको छ । पत्रकारिता माध्यमबाट ग्रामिण क्षेत्र देखी लिएर देश विदेश सम्म सुचना र संचार क्षेत्रमा योगदान पु¥याएको भन्दै पत्रकार राम्जालीलाई सम्मानपत्र र दश हजार रुपैयाँ सहित सम्मान गरिएको फाउण्डेशनले जनाएको छ ।

राम्जालीलाई गाउँपालिकाका अध्यक्ष रोका मगर र फाउण्डेशनका संस्थापक सदस्य चोचाङ्गी पुन मगरले सम्मानपत्र र नगदले सम्मान गर्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर घर्ति मगरको अध्यक्षता ,शिक्षक छकप्रसाद घर्ति मगरको संचालन तथा शिक्षक प्रदिप पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।