ताजा समाचार:
Search

प्रभामावि नारच्याङका किशोरीहरुलाई सेनेटरी प्याड वितरण

विकल्प न्यूज/बेनी
मंसिर २३ गते । अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा रहेको प्रभा माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।
लैङ्गिक हिंसाविरुद्धको सोह् दिने अभियान अन्तरगत गाउँपालिकाको आयोजनामा विद्यालयमा अध्ययनरत किशोरीहरुलाई सेनेटरी प्याड वितरण गरिएको हो ।
गाउँपालिकाका उपाध्यक्ष केशमाया मगर, वडा अध्यक्ष चन्द्रबहादुर फगामी,सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्य,सहायक महिला निरिक्षक सविना थापा लगायतले विद्यालयका ७६ जना किशोरीहरुलाई प्याड वितरण गर्नुभएको थियो ।

महिनावारीको समयमा किशोरीहरुलाई विद्यालय नआउने समस्यालाई न्यूनिकरण गर्नका लागि प्याड वितरण गरिएको प्रधानाध्यापक भगवान बहादुर कार्कीले बताउनुभयो । कार्यक्रममा महिला हिंसाको न्यूनिकरणका लागि सवैको भूमिका महोत्वपूर्ण हुने वक्ताहरुले बताउका थिए । लैङ्गिक हिंसा विरुद्धको अभियानलाई गाउँपालिकाले सवै वडातहमा पु¥याउने उपाध्यक्ष मगरले बताउनुभयो ।