काँग्रेसले तोक्यो स्थानीय तह स्तरीय समिति गठनका लागि संयोजक

विकल्प न्यूज/बेनी
मंसिर १८ गते ।  
नेपाली काँग्रेस म्याग्दीको २४औँ पूर्ण बैठकले स्थानीय तहहरुमा पार्टीको संगठन निर्माणका लागि संयोजकहरु तोकेको छ । बुधवार बेनीमा बसेको वैठकले जिल्लाका ६ वटै स्थानीय तहमा संगठन निर्माणका लागि संयोजक र सहसंयोजक चयन गरेको हो ।

पार्टी सभापति खम बहादुर गर्बुजाको अध्यक्षतामा बसको बैठकले स्थानीय तहहरुमा मंसिर मसान्त सम्मा काँग्रेसको नगर तथा पालिका स्तरीय समिति गठन गर्नको लागि संयोजक र सह–सहयोजक तोकेको काँग्रेसले जनाएको छ ।

बेनी नगरपालिकाको संयोजकमा रेशम बानियाँ, सह–सयोजकमा हरिकुमार श्रेष्ठ, धौलागिरी गाउँपालिका संयोजकमा अजयमिलन श्रेष्ठ, सहसंयोजकमा डम्बर भण्डारी, मालिकामा संयोजकमा भरतबहादुर रकाल, सहसंयोजकमा श्रीप्रसाद रोका, मंगलामा संयोजकमा डा. भुपेन्द्र खड्का र सह संयोजकमा माधव रेग्मीलाई चयन गरिएको सहसचिव भरत रकालले जानकारी दिनुभयो ।

त्यस्तै रघुगंगा गाउँपालिकामा संयोजकमा नेत्र महत, सहसंयोजकमा भबबहादुर भण्डारी र अन्नपूर्ण गाउँपालिकामा संयोजक क्या मिन बहादुर कार्की र सह संयोजकमा क्या डम बहादुर गर्बुजलाई चयन गरिएको सहसचिव रकालले जानकारी दिनुभयो ।

बैठकमा पार्टीका अन्य महत्वपूर्ण विषयहरुमा पनि छलफल गरेको जनाएको छ । यसै गरी वैठकले नेबिसंघलाई यही मंसिर २६ गते विद्यार्थीहरुको भेला गराई पार्टीको निर्देशनमा नेतृत्व चयन गर्ने निर्णय गरेको छ ।