गलेश्वरमा आयोजित पुरुष भलिबलको उपाधि गलेश्वरले जित्यो

विकल्प न्यूज/बेनी
मंसिर १७ गते । बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको विविध खेलकुद कार्यक्रम अन्तर्गत पुरुष भलिबलको उपाधि आयोजक क्लब गलेश्वर ए समुहले हात पारेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा हरिचौर बागलुङको समुहलाई सोझो ३ सेटले पराजित गर्दै आयोजक समुह गलेश्वर प्रथम भएको हो ।

प्रथम र द्धितिय हुने समुहलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी,शसस्त्र प्रहरी गलेश्वरका डिएसपी प्रकाश कुमार माझी,क्लबका अध्यक्ष कुलप्रसाद गर्बुजा,खेल संयोजक रमेश पुर्जा लगायतले प्रथम र द्धितिय हुने समुहलाई क्रमशः ८५ हजार,४५ नगद पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । भलिबलमा १० टिम शहभागि भएको खेल संयोजक पुर्जाले जानकारी दिनुभयो ।
यसै गरी प्रौढ भलिबल तर्फ कुस्मा पर्वत प्रथम र कालिगण्डकी बाबा समुह द्धितिय भए । प्रथम र द्धितिय हुनेलाई क्रमश ३० हजार र १५ हजार नगद पुरस्कार,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।वास्केट बल प्रतियोगितामा दर्मिजा प्रथम र पिप्ले द्धितिय भए । प्रथम र द्धितियले क्रमश ५५ हजार,३० हजार नगद पुरस्कार,मेडल र प्रमाणपत्र वितरण गरिएको थियो ।

मंसिर ८ गते उद्घाटन भएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ । क्लबले हरेक वर्ष बालचतुर्दशीका अवसरमा गलेश्वरमा विविध खेलकुद प्रतियोगिता तथा सांस्कृति कार्यक्रम आयोजना गर्दै आएको क्लबका अध्यक्ष कुलप्रसाद गर्बुजाले बताउनुभयो । चन्दा सहयोग जुटाएर खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो ।