गलेश्वरमा आयोजित महिला भलिबलको उपाधि पोखराले जित्यो

विकल्प न्यूज/बेनी
मंसिर १७ गते ।   बेनी नगरपालिका ९ गलेश्वरमा आयोजना गरिएको महिला भलिबल प्रतियोगिताको उपाधि   अर्चलबाेट भलिबल ट्रेनिङ सेन्टर  पाेखराले जितेको छ ।
गलेश्वर शिवालय युवा क्लबद्धारा बालचतुर्दशीका अवसरमा आयोजना गरिएको विविध खेलकुद प्रतियोगिता अन्तर्गत मंगलबार भएको पाmइनल खेलमा बेनीको माउन्ट एभरेष्ट आवशिय माविलाई सोझो ३ सेटले पराजित गर्दै भलिबल टे«निङ सेन्टर अर्चलबोट पोखरा प्रथम भएको हो ।

प्रथम हुने समुहलाई गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसी,शसस्त्र प्रहरी गलेश्वरका डिएसपी प्रकाश कुमार माझी,क्लबका अध्यक्ष कुलप्रसाद गर्बुजा,खेल संयोजक रमेश पुर्जा लगायतले विजेता समुहलाई ३५ हजार नगद पुरस्कार सहित ट्रफी,मेडल र प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगितामा द्धितिय हुने माउन्ट एभरेष्ट आवशिय माविले २० हजार नगद पुरस्कार,ट्रफी,मेडल र प्रमाणपत्र पाएको छ । महिला भलिबलमा १० टिम शहभागि भएको खेल संयोजक पुर्जाले जानकारी दिनुभयो । मंसिर ८ गते उद्घाटन भएको विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।