धरान उपमहानगरपालिका वडा नम्बर ७ मा नेकपा एक मतले विजयी

सुनसरी । 

धरान उपमहानगरपालीका वडा नम्बर ७ मा नेकपाले जितेको छ । नेकपाका उम्मेदवार जीवनराज सुवेदी १ मत अन्तरले विजयी बनेका हुन् । सुवेदीका प्रतिस्प्रर्धी नेपाली काँग्रेसका सुर्वणमोहन पालिखेले ६२१ मत ल्याउदा सुवेदीले ६२२ मत ल्याएर विजयी बनेका हुन् ।

गत शनिबार भएको उपनिर्वाचन अन्र्तगत धरान उपमहानगरपालिकाको मत गणना सोमबार बिहान सकिएको हो ।

यो सँगै उपनिर्वाचन भएका ४३ वडामध्य नेकपाले २४ वटा वडामा जित हासिल गरेको छ ।