बागलुङमा वाम गठबन्धनको लियो अग्रता

बागलुङ । 
बागलुङ क्षेत्र नम्बर २ ख मा भएको उप निर्वाचनको मतगणनाको सुरुवाति चरणमा वाम गठबन्धनले अग्रता लिएको छ ।

निसीखोला गाउँपालिका वडा नम्बर १ देविस्थान मावि केन्द्रमाखसेको मतगणना गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाका साझा उम्मेद्वार खिमविक्रम शाहीले २ हजार १ सय ९७ मत लिएका छन् भने कांग्रेसका जित शेरचनले २ हजार ४३ लिएका छन् ।

समाजवादी पार्टीका अशोक विकले १ सय १७, स्वतन्त्र–क्लिप चिन्हमा ४४ स्वतन्त्र उम्मेद्वार सन्तोष भण्डारी ९, राप्रपा संयुक्तले  १०, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च २, राष्ट्रिय जनमुक्ति पार्टीले ५ लिएको छ भने ८६ मत बदर भएको छ ।