बाग्लुङमा कांग्रेसको झिनो अग्रता

१५ मंसिर, काठमाडौं । प्रदेशसभा उपनिर्वाचन अन्तर्गत बाग्लुङ–२ (ख)को प्रारम्भिक मत परिणाममा नेपाली कांग्रेसले अग्रता लिएको छ । २ हजार २४५ मत गणना हुँदा कांग्रेसका जितबहादुर शेरचनले १ हजार ५५ मत र राष्ट्रिय जनमोर्चाका खिमबहादुर शाहीले १ हजार ४६ मत ल्याएका छन् । शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को समर्थन छ ।

२०७४ सालमा यो क्षेत्रमा जनमोर्चाका टेकबहादुर घर्ती ११ हजार ८८४ मत पाएर विजयी भएका थिए । त्यतिबेला कांग्रेसका जितबहादुर शेरचनको ८ हजार ६२४ भोट थियो । सत्तारुढ समाजवादी पार्टीका अशोक विकको ७८, राप्रपा (संयुक्त)का निमबहादुर भण्डारीले १०, राष्ट्रिय जनमुक्ति पार्टी यामबहादुर आलेले ३, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अनिलकुमार राईले एक मत ल्याएका छन् । स्वतन्त्र उम्मेदवार सन्तोष भण्डारीको ६ मत छ ।

कमल थापा नेतृत्वको राप्रपा र मंगोल नेसनल अर्गनाईजेसनले खाता खोल्न सकेको छैन । अर्का स्वतन्त्र उम्मेदवार वीरमान घर्तीले १४ मत पाएका छन् । नेकपाका स्थानीय नेता घर्तीले जनमोर्चाकै शाहीलाई समर्थन गरेका थिए ।

सहमति अन्तिम समयमा भएकाले उनको उम्मेदवारी फिर्ता भएन ।onlinekhabar

up det

बागलुङ-२ को ताजा परिणाम सार्वजनिक
ढोरपाटन १, निसीखोला १, तमाखोला १ को गणना सकियो
कांग्रेस १६२७
बाम गठबन्धन १५४६
समाजवादी पार्टी ८२
स्वतन्त्र –क्लिप १५
स्वतन्त्र ब्लब ७
राप्रपा संयुक्त १०
घर ३
खुकुरी १
बदर-५७