ताजा समाचार:
Search

जेसिज कपको उपाधी न्यू वेष्ट प्वाइन्टले जित्यो (भिडियोसहित)

विकल्प न्यूज/बेनी
मंसिर १४ गते ।    म्याग्दी जेसिजद्धारा आयोजना गरिएको जिल्ला स्तरीय अन्तर मावि जेसिज कप फुटबल प्रतियोगिताको उपाधि बेनीको न्यू वेष्ट प्वाइन्ट आवशिय माविले हात पार्न सफल भएको छ । बेनीको खुल्ला मञ्चमा शनिबार सम्पन्न बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट विच भएको फाइनल खेलमा बुद्धलाई १ विरुद्ध ८ गोल गर्दै वेष्ट प्वाइन्टले उपाधी हात पार्न सफल भएको हो । 

जेसिज कपको १८ औं संस्करणको उपाधी हात पारे सँगै वेष्ट प्वाइन्टले लगातार तिनपटक सम्म च्याम्पीएन हुन सफल भएको छ । विजेता विद्यालय वेष्ट प्वाइन्टले ट्रफी, मेडल, प्रमाण पत्र सहित ५१ हजार र उपविजेत बुद्ध एकेडेमीले ट्रफी, मेडल, प्रमाण पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।

प्रतियोगितामा अनुशासित टिम घोषित केवि एकेडेमि दरबाङलाई नगद रु ७ हजार ७७७ पुरस्कार उपलब्ध गराईएको छ । प्रतियोगिता अवधिभर १२ गोल गर्दै सर्वाधिक गोलकर्ता बनेका वेष्ट प्वाइन्टका मनिस श्रेष्ठ, उत्कृष्ट गोलरक्षक सोही विद्यालयका सज्जन बराईली, उत्कृष्ट डिफेन्डर तेजिन घर्तिमगर,उत्कृष्ट मिडफिल्डर आदित्य विक, उत्कृष्ट खेलाडी घोषित बृद्धका नेत्र हुमेन, उत्कृष्ट स्टाईगर बेनी सामुदायिकका बिजय छिनाल र राईजिङ प्लेयर घोषित गौतम केसी र उत्कृष्ट प्रशिक्षक वेष्ट प्वाइन्टका दिपेन राईलाई जनही नगद रु २ हजार ५ सयको साथमा मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको छ । प्रतियोगितामा बिजेता र उपबिजेता खेलाडीहरुलाई म्याग्दी जेसिजका शाखा अध्यक्ष खम थापा, पूर्व राष्ट्रिय अध्यक्ष धनन्जयकुमार श्रेष्ठ, मुल संयोजक हरि भण्डारी लगायत शाखाका पूर्व अध्यक्षहरु लगायतले पुरस्कार वितरण गरेका थिए ।

सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर(रारा ग्रुप) र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेका थिए । प्रतियोगितामा २० विद्यालयले भाग लिएका थिए ।

उपविजेता बुद्ध एकेडेमी