बुद्ध एकेडेमी जेसिज कपको फाइनलमा प्रवेश

विकल्प न्यूज/ बेनी
मंसिर १३ गते ।  म्याग्दीको सदरमुकाम बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगितामा बुद्ध एकेडेमी बगरफाँट  फाइनलमा प्रवेश गरेको छ । शुक्रबार दिउसो बेनी सामुदायिक विद्यालयलाई १ का विरुद्ध दुई गोल गर्दै फाइनलमा प्रवेश गरेको हो । जेसिज कपको १८ औं संस्करणको शनिबार हुने फाइनलमा न्यू वेष्ट प्वाइन्ट सँग बुद्ध भिड्ने छ । बेनी सामुदायिक र बुद्ध विच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो । खेलको मध्यन्हमा एक /एक गोल बराबरी भएकोमा मध्यन्ह पछि बुद्धले फेरी अर्को गोल गर्न सफल भएको थियो । दर्शकले खुल्लामञ्च भरिभराउ थियो । दुवै विद्यालयका विद्यार्थी,शिक्षक,अभिभावक र सुभचिन्तकहरु खेल अवलोकन गर्न खुल्ला मञ्चमा प्ुगेका थिए ।

म्याग्दी जेसिजले आयोजनामा अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका थिए ।

विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना गर्ने अध्यक्ष खम थापाले बताउनुभयो ।
चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने विश्वास गरिएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ
अनुशासित टिमलाई सात हजार सात सय ७७ रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण९पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बतानुभयो ।

सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर९रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका संयोजक हरि भण्डारीले बताउनुभयो ।