ताजा समाचार:
Search

माउण्टलाई पराजित गर्दै बुद्ध एकेडेमी क्वाटर फाइनलमा प्रवेश (भिडियो सहित)

विकल्प न्यूज/बेनी
मंसिर ११ गते । बेनीमा जारी १८ औं जेसिज कप फुटबल प्रतियोगिताको दोस्रो दिन बुधवार भएको खेलमा बेनीको माउन्ट एभरेष्ट आवाशिय माविलाई शून्यका विरुद्ध एक गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट क्वाटर फाइनल मा प्रवेश गरेको छ ।

चार पटक सम्म जेसिज कप विजेता माउन्ट र बुद्ध ऐकेडेमी विच भएको खेल निकै प्रतिस्पर्धा र रोचक थियो । दुई विद्यालयका विच भएको खेल हेर्न खुल्ला मञ्चमा दर्शकहरुको निकै भिड लागेको थियो । दुवै विद्यालयले विद्यार्थीहरुलाई हुटिङका लागि मैदानमा उतारेका थिए ।

यसै गरी गलेश्वर आदर्श वोडिङ र म्याग्दी एकेडेमी विच भएको खेलमा एक /एक गोल बराबरी भएपछि प्नाल्टीमा पाँच /चार गोल अन्तरले म्याग्दी एकेडेमीले क्वाटर फाइनलको यात्रा तय ग¥यो । यसै गरी धौलागिरि मावि र भिम मावि देविस्थान विच भएको खेलमा एक÷एक गोल बरावरी भएपछि पेनाल्टीमा पाँच /चार गोल अन्तरले भिम मावि विजयी भएको म्याग्दी जेसिजका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

मंगलबार भएको खेलमा बेनीको न्यू वेष्ट प्वाइन्ट,बेनी बोर्डिङ,केवी एकेडेमी,जनप्रिय मावि दरवाङ क्वाटर फाइनलमा प्रवेश गरे । भोलि विहिवार विहान बेनी सामुदायिक र लोकदिप विच खेल हुने छ ।

म्याग्दी जेसिजले आयोजनामा अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका थिए ।विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना गर्ने अध्यक्ष खम थापाले बताउनुभयो । चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।  https://www.youtube.com/watch?v=kvDh8zrm83k

प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण९पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ ।

अनुशासित टिमलाई सात हजार सात सय ७७ रुपैयाँ रहेको छ । उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण९पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बतानुभयो ।

सामसुङ मोबाइलको अधिकृत विक्रेता नरेश मोबाइल सेन्टरले टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर९रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका संयोजक हरि भण्डारीले बताउनुभयो ।