मोटरसाईकल दुर्घटनाका गम्भिर घाइते थजालीको मृत्यु

विकल्प न्यूज/बेनी
मंसिर ११ गते ।

मंगलबार बेनीको जलेश्वरमा भएको मोटरसाइकल दुर्घटनाका गम्भिर घाईतेको उपचारको क्रममा मणिपाल अस्पतालमा मृत्यु भएको छ ।

बेनी नगरपालिका–६ जलेश्वरमा मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका रघुगंगा गाउँपालिका ६ पाखापानीका २५ वर्षीय सन्तोष थजालीको उपचारको क्रममा मंगलबार राती १० बजे मणिपाल अस्पताल पोखरामा मृत्यु भएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।

गम्भिर घाईते भएका थजाली र अम्मर पाइजालाई हेलिकप्टर मार्फत उपचारका लागि पोखरा पु¥याइएको थियो । पाइजालाई आइसियुमा राखेर उपचार गरिएको छ । पाइजाको पनि अवस्था गम्भिर भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका अर्का मनि पुर्जाको बेनी अस्पतालमा उपचार पछि घर फकिएको प्रहरीले जनाएको छ ।

गलेश्वर देखी बेनी आउदै गरेको ध १ च २३५ नम्बरको बोलेरो जिप र बेनी देखी गलेश्वर जादै गरेको ध १ प ३५४९ नम्बरको भिआर मोटरसाईकल एक आपसमा ठोकिएर दुर्घटना भएको ट्राफिक प्रहरी वैकुण्ठ पौडेलले जानकारी दिनुभयो ।