बेनीमा जेसिज कप फुटबलको १८ औं संस्करण सुरु

विकल्प न्यूज/बेनी
मंसिर १० गते ।  बेनीमा जेसिज कप फुटबल प्रतियोगिताको १८ औं संस्करण सुरु भएको छ । म्याग्दी जेसिजले आयोजना गर्ने अन्तर मावि जिल्ला स्तरीय फुटबल प्रतियोगिता मंगलबार देखि बेनीमा सुरु भएको हो । प्रतियोगितामा २० विद्यालयले भाग लिएका छन् ।

विद्यार्थीहरुमा भएको खेल प्रतिभाको प्रस्फुटन गर्न जेसिजले हरेक वर्ष जेसिज कप फुटबल प्रतियोगिता आयोजना गर्ने अध्यक्ष खम थापाले बताउनुभयो । चन्दा सहयोग जुटाएर पनि खेललाई निरन्तरता दिएको उहाँले बताउनुभयो । प्रतियोगिताले फुटबलप्रति विद्यार्थीको आकर्षण बढ्नुका साथै क्षमताको विकास हुने विश्वास गरिएको उहाँले बताउनुभयो ।

प्रतियोगितामा विजेतालाई ट्रफी, मेडल, प्रमाण(पत्रसहित ५१ हजार र उपविजेतलाई ट्रफी, मेडल, प्रमाण(पत्रसहित ३१ हजार रुपैयाँ पुरस्कार रहेको छ । अनुशासित टिमलाई सात हजार सात सय ७७ रुपैयाँ रहेको छ । 

उत्कृष्ट खेलाडी, डिफेण्डर, सर्वाधिक गोलकर्ता, प्रशिक्षक, मिडफिल्डर, स्ट्राइकर, गोलरक्षक र राइजिङ प्लेयर, उतकृष्ट कोचलाई २ हजार पाँच सय रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाण(पत्र प्रदान गरिने म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बतानुभयो । उद्घाटन खेलमा साविक विजेता न्यु वेष्ट पोइन्ट आवासीय मावि बेनीले गौबमवस्त मावि देविस्थानालई १ का विरुद्ध ८ गोल गर्दै विजय सुरुवात गरेको छ ।

यसैगरी केबी एकेडेमी बोर्डिङ स्कुल ,बेनी इङलीस बोर्डिङ स्कुल ,जनप्रिय मावि र धौलागिरी मावि संगाले पनि बिजयी सुरुवात गरेका छन् । केबी एकेडेमीले प्रकाश माविलाई ,बेनी इङलीस बोर्डिङले लिटल गार्डे एकेडेमीलाई ,जनप्रिय माविले दरबाङ ईङलीस बोर्डिङ स्कुललाई र धौलागिरी माविले महेन्द्र रत्न मावि बरङजालाई पराजित गरी दोस्रो चरणमा प्रवेश गरेका हुन् ।

सामसुङ मोबाइलको डिलर नरेश मोबाइल सेन्टर टाइटिल स्पोन्सर, मुख्य प्रायोजकमा सन्तोष श्रेष्ठ स्मृति कोष, प्रायोजकमा रारा हार्डवयर(रारा ग्रुप र मिनबहादुर विश्वकर्मा स्मृति कोष रहेको प्रतियोगिताका संयोजक हरि भण्डारीले बताउनुभयो ।