ताजा समाचार:
Search

गलेश्वरमा शतबिज छर्न भक्तजनको घुइँचो (फोटो/भिडियो)

विकल्प न्यूज/बेनी
मंसिर ९ गते ।
सोमबार बालाचतुर्दशीको अवसरमा म्याग्दीको गलेश्वरमा शतबीज छर्न झक्तजनको घुइँचो लागेको छ । विहानै देखि गलेश्वर मन्दिरमा भक्तजनहरुको निकै भिड देखिन्थ्यो । भजनकिर्तन सहित आएका भक्तजनहरुले मन्दीर क्षेत्र निकै भिडभाड देखिन्थ्यो । सतबिज छर्नका लागि म्याग्दी,पर्वत,वागलुङ,पोखरा,काठमाण्डौ र  अन्य जिल्लाहरुबाट पनि भक्तजनहरु आएका छन् । द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिनुभयो । कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन छ ।

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला जस्ता फलका साथै विभिन्न किसिमका फूल मिश्रण गरिन्छ । तस्विरहरु ठाकुरप्रसाद आचार्य