ताजा समाचार:
Search

बेनी बजारबाट १२ जना जुवाडे पक्राउ

विकल्प / बेनी
मंसिर ८ गते ।

म्याग्दीको सदरमुकाम बेनीबजारबाट आइतबार १२ जना जुवाडेहरु पक्राउ परेका छन् । बेनीको पिपलचोक र मंगलाघाट स्थित घरमा तास खेलिरहेका १२ जना जुवाडेलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो पक्राउ परेकाहरु अहिले प्रहरी हिरासतमा राखिएको छ । तास खेल्न जम्मा भइरहेको अवस्थामा उनीहरुलाई प्रहरी टोलीले पक्राउ गरी अनुशन्धानका लागि हिरासतमा राखिएको प्रहरी नायब उपरिक्षक महेन्द्र प्रसाद मरासिनीले जानकारी दिनुभयो ।

अनुशन्धानको क्रममा रहेकाले उनीहरुको पहिचान खुलाउन प्रहरीले अस्विकार ग¥यो । पक्राउ परेकाहरु बेनीबजारकै भएको प्रहरी स्रोतले जनाएको छ ।