ताजा समाचार:
Search

दुई वर्ष देखि साङ्लोमा बाधिएकी सुमिनाको भयो उद्धार (भिडियो सहित)

विकल्प न्यूज/बेनी
मंसिर ८ गते । दुइवर्ष देखि साङ्लोमा बाधिएकी धौलागिरि गाउँपालिका ३ मुनाकी ९ वर्षीय सुमिना(सुस्मीता) विकको उद्धार गरिएको छ । नवविकल्प साप्ताहिक र विकल्प न्यूज डटकमले सुमिनाको अवस्थाका वारेमा कार्तिक २४ गते समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि विभिन्न संघसंस्थाहरुले उनको वारेमा चासो व्यक्त गरेका थिए । सानै उमेरमा आमाको कुटाईबाट मानसिक सन्तुलन गुमाएकी सुमिनाको पालपोषण उनको हजुर आमा डोल्माले गर्दै आउनुभएको थियो । आइतवार म्याग्दीको परोपकारी संस्था ओमकुमारी शान्तिकोषको संयोजनमा मानव सेवा आश्रम पोखरामा राख्ने व्यवस्था मिलाइएको कोषका अध्यक्ष राजेश शाक्यले बताउनुभयो । कोषको सचिवालयमा आयोजित कार्यक्रम मार्फत सुमिनालाई आश्रम जिम्मा लगाइएको हो । मुनाबाट हजुर आमा डोल्मा विकको साथ बेनी आएकी सुमिनालाई प्रहरी नायब उपरिक्षक महेन्द्रप्रसाद मरासिनीको रोबरमा आश्रमका प्रतिनिधि होमनाथ तिमिल्सिनालाई जिम्मा लगाइएको हो ।

आमा बुबाले दोस्रो विवाह गरेर घर छाडेर हिडेपछि बालिकालाई पालनपोषण गर्न धौधौ हुने गरेको हजुर आमा विकले बताउनुभयो ।मानसिक सन्तुलन गुमाएकी नातीनीको उपचार र पालनपोषणमा समस्या हुने गरेको थियो उहाँले भन्नुभयो,‘उपचार हुने र नातीनी जस्ताको त्यस्तै हुने विश्वासका साथ आफूले मानव सेवा आश्रमलाई जिम्म्मा लगाएको हुँ ।’ उपचार पछि मैले मेरो नातीनीलाई घरमै ल्याउँछु उहाँले भन्नुभयो । उद्धार कार्यक्रमका प्रनाउ मरासिनीले सडकमा अलपत्र परेका र मानसिक सन्तुलन गुमाएर दुःख पाएका मानिसहरुलाई मानव सेवा आश्रमले हेरचाह गरेर नमुना कामको थालनी गरेको बताउनुभयो । कार्यक्रममा मानव सेवा आश्रमका प्रतिनिधि तिमिल्सिनाले आफन्त नभएर अलपत्र परेका तथा मानसिक सन्तुलन गुमाएका मानिसहरुको हेरचाह,पालनपोषण र उपचारको समेत व्यवस्था सहित आश्रम स्थापना गरिएको बताउनुभयो ।

 

यसै गरी सुमिनाका साथै अन्नपूर्ण गाउँपालिका ४ नारच्याङका २६ वर्षीय गणेश पुर्जा,सोही गाउँकी ५२ वर्षीय मतीकला गर्बुजा र बेनीको अस्पतालचोकमा बेवारिसे अवस्थामा नाम ठेगना नखुलेका एक युवाको पनि उद्धार गरी आश्रमको जिम्मा लगाइएको छ । https://youtu.be/Q6J1tDInsII