सहयोग जुटाएर जेसिज कपलाई निरन्तरता

विकल्प न्यूज/बनी
मंसिर ८ गते । म्याग्दी जेसिजले आयोजना गर्ने १८ औं जेसिज कप फुटबल प्रतियोगिताको रौनक सुरु भएको छ । प्रतियोगिताको उपाधि हात पार्न बेनीमा रहेका निजी तथा सामुदायिक विद्यालयले आन्तरिक तयारीलाई तिव्र बनाएका छन् । जेसिज कपको उपाधिलाई बेनीका विद्यालयहरुले आफ्नो प्रतिष्ठाको रुपमा लिन्छन् । खेल निकै रोचक र प्रतिस्पर्धा हुने गर्दछ ।
यता आयोजक संस्था म्याग्दी जेसिजले पनि प्रतियोगिताको तयारीलाई अन्तिम चरणमा पु¥याएको छ ।

मंसिर ९ गतेदेखि सुरु हुने जिल्ला स्तरीय अन्तरीय अन्तर मा.वि. जेसीज कप फुटबल प्रतियोगिता २०१९ को तयारीमा जेसिज सदस्यहरु जुटेका छन् । खेललाई मर्यादित,शान्तिपूर्ण र प्रतिस्पर्धी बनाउन जेसिजले आन्तरिक तयारीलाई मजबुद बनाएको देखिन्छ । प्रतियोगितामा जिल्लाका २० भन्दा वढी विद्यालयहरुले सहभागिता जनाउने अपेक्षा गरिएको अध्यक्ष खम थापाले जानकारी दिनुभयो ।

आयोजकले शनिबार पत्रकार भेटघाट मार्फत प्रचारप्रसार, पत्राचार, खेलमैदानमा पूर्वाधार निर्माण, खेलकुद सामग्री व्यवस्थापन, आर्थिक संकलन लगायतका तयारी अन्तिम चरणमा पुगेको जेसीजका शाखा अध्यक्ष थापाले जानकारी दिनुभयो । विभिन्न २३ वटा उपसमिति गठन गरेर तयारी गरिएको छ ।

जेसीजकपको प्रचारका लागि ट्रफी सहित म्याग्दीका विभिन्न विद्यालयमा पुगीएको म्याग्दी जेसीजका महासचिव सन्दिप खत्रीले बताउनुभयो । जेसीजकपमा पहिलो पटक यस्ता अभ्यास गरिएको उहाँको भनाई छ । प्रतियोगितामा बिजेता र उपबिजेतालाई रनिङ्ग शिल्ड, ट्रफि, मेडल, प्रमाणपत्र सहित नगद पचास हजार र ३१ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको खेल संयोजक हरि भण्डारीले बताउनुभयो । पत्रकार सम्मेलनको अवसरमा प्रतियोगिताको टाइटल स्पोन्सर सामसुङ मोवाइलको अधिकृत बिक्रेता नरेश मोवाइल सेन्टरका सञ्चालक नरेश श्रेष्ठले नगद एक लाख पाँच हजार रुपैयाँको डमी चेक हस्तान्तरण गर्नुभएको थियो ।

यसैगरी प्रायोजक रारा हार्डवयरका सञ्चालक प्रिया कार्की खत्रीले एक लाख रुपैयाँको डमी चेक हस्तान्तरण गर्नुभयो । सन्तोष श्रेष्ठ स्मृति कोष मुख्य प्रयोजक रहेको प्रतियोगिताको प्रायोजकमा म्याग्दी जेसीजका पुर्व अध्यक्ष कमल विश्वकर्माले दिवंगत बुवाको स्मृतिमा स्थापना गर्नुभएको मिनबहादुर विश्वकर्मा स्मृति कोष पनि रहेको छ । प्रतियोगिता सञ्चालनका क्रममा सात लाख ९४ हजार रुपैयाँको आय व्यय विवरण सार्वजनिक गरिएको थियो । बिजेता र उपबिजेता बाहेक उत्कृष्ट खेलाडी, सर्वा्धिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेण्डर, स्ट्राइकर, कोच, मिडफिल्डर, राईजिङ्ग प्लेयरलाई दुई हजार ५०० र अनुशासित टिमलाई सात हजार ७७७ तथा प्रत्येक खेलमा म्यान अफ द म्याचको सम्मान गरिने भएको छ ।

जेसीजका पूर्व अध्यक्षहरु र पदाधीकारीहरुले स्थापना गरेको अवार्डबाट पुरस्कृत गरिने व्यवस्था मिलाइएको छ । विद्यार्थीहरुमा भएको खेल प्रतिभाको पहिचान र खेलको संभावनाको उजागर गर्न प्रतियोगिताले सहयोग पु¥याएको म्याग्दी जेसिजका संस्थापक अध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।