ताजा समाचार:
Search

जलजलामा हुने गौमहोत्सवको चितवनमा प्रचारप्रसार तिव्र

विकल्प न्यूज/बेनी
मंसिर ४ गते ।   नेपालमै पहिलो पटक आयोजन गर्न लागिएको गौमहोत्सवको प्रचाप्रसार चितवनमा तिव्र पारिएको छ । आगमी मंसिर १९ गते देखि २६ सम्म पर्वतको जलजला ७ मिलनचोकमा गण्डकी गोपाल गोरक्षा धनधान्याचल विराट् ज्ञानमहायज्ञ एवं गौमहोत्सव गर्न लागिएको हो । धाइरिङबाट चितवनमा बसाईसराई गरेर जानुभएका चितवनवासीहरुले सक्रियतामा गौमहोत्सवको प्रचारप्रसारलाई तिव्र पारेका हुन । महोत्सवका उपाध्यक्ष समेत रहनुभएका रुद्रलाल उपाध्याय र सुनिल आचार्यको नेतृत्वमा आयोजक समिति सदस्यता विस्तार,धान संकलन गर्नुका साथै प्रचारप्रसार गरिएको छ ।

महोत्सवलाई सफल बनाउन धाइरिङबाट बसाई सराई गरेर चितवनमा आउनुभएका सवैजना सँग भेटघाट र सहयोगका लागि  छलफललाई तिव्र पारिएको उपाध्यक्ष  उपाध्यायले बताउनुभयो ।स्थानीय गाईको संरक्षण गरी धार्मिक पर्यटन प्रवद्र्धन गर्न गौ महोत्सवको आयोजना गर्न लागिएको हो । गण्डकी गोपाल गौशालाको सुदृढिकरण र गाई संरक्षण संगै प्रसिद्ध कालञ्जर क्षेत्रको विकास र प्रचार प्रसारको लागि कालञ्जर पर्वतको फेदी र कालिगण्डकी नदीको किनारमा रहेको मिलनचोकमा गौमहोत्सव एव् महायज्ञ गर्न लागिएको मुल आयोजक समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् महोत्सवबाट संकलन हुने रकमबाट गौशालाको थप पूर्वाधार निर्माण र स्थानीय जातका गाईको बंश संरक्षण गरिनेछ । धार्मिक र प्रयाबरणीय रुपमा समेत गाईको महत्व ठुलो रहेकाले पहिलो पटक गाईको महत्वबारे जानकारी गराउने र संरक्षणको लागि पहल गर्ने उदेश्यले गौमहोत्सवको रुपमा महायज्ञ सञ्चालन गर्नुपरेको अध्यक्ष आचार्यले बताउनुभयो ।

स्वामी कमलनयनाचार्यको संकल्प र स्थानीयको सक्रियतामा वि.स २०७२ मा धाइरीङमा गण्डकी गोपाल गौशाला स्थापना गरिएको थियो । अहिले यस गौशालामा ३५ वटा गाई रहेका छन् । 

गौशालाको क्षमता विस्तार गरि लोप हुँदै गएका गाईको संरक्षणको लागि अन्य गाईहरु थप गर्दै लैजाने योजना रहेको आयोजक समितिका महासचिब जगन्नाथ आचार्यले जानकारी दिनुभयो ।

महायज्ञ एवम् गौमहोत्सवबाट बचत हुने रकमलाई पूर्वाधार विकाससंगै गौशालाको दिर्घकालिन व्यवस्थापनको लागि अक्षयकोष समेत स्थापना गर्ने उद्देश्य राखिएको उहाँले बताउनुभयो ।