ताजा समाचार:
Search

माझफाँटमा सञ्चालित आँखा शिविरको दोस्रो दिन १७ जनाको मोतियाबिन्दुको अप्रेशन

विकल्प न्यूज/जलजला
मंसिर २ गते । जलजला गाउँपालिका–३ मल्लाजमा आइतबार देखि सुरु भएको निशूल्क आँखा शिविरको दोस्रो दिन १७ जना आँखाको विरामीहरुको मोतियाबिन्दुको सफल रुपमा अप्रेशन गरिएको छ ।

यसै गरी दोस्रो दिन दुइसय ३२ जना सर्वसाधारणहरुको आँखाको उपचार गरिएको लायन्स क्लब अफ बेनी मल्लाजका एमडि रविन्द्र कँडेलले जानकारी दिनुभयो ।

लायन्स क्लव अफ बेनी मल्लाजले हिमालयन आँखा अस्पताल पोखरा र आँखा उपचार केन्द्र बेनीको प्राबिधिक सहयोगमा आयोजना गरिएको शिविरमा आँखा परिक्षण र औषधि वितरण गरिएको शिविरका संयोजक तुलसीराम रेग्मीले जानकारी दिनुभयो ।

मंगलबार सम्म सञ्चालन हुने शिविरमा हिमालय आँखा अस्पतालका चिकित्सक हरिमाया गुरुङ सहितको टोलीले आँखाको परिक्षण,उपचार र शल्यक्रिया गरेको लायन्स क्लबले जनाएको छ ।