विकल्प न्यूज/बेनी
मंसिर २ गते । जिल्लाका स्थानीय तहका केन्द्रहरुमा प्रहरी चौकी स्थापना गर्ने तयारी गरिएको छ । सवै स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरी चौकी स्थापना गर्ने नीति अनुसार वाँकी रहेको तिनवटा स्थानीय तहका केन्द्रमा प्रहरी चौकी स्थापनाको तयारी थालिएको हो ।
प्रहरी चौकी नभएका स्थानीय तहका केन्द्रहरुमा स्थायी प्रहरीचौकी स्थापना गर्नका लागि प्रत्येक चौकीमा १५ जनाको दरवन्दी कायम गरिएको छ ।
अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगर,रघुगंगगाको मौवाफाँट र धौलागिरि गाउँपालिकाको केन्द्र मुनामा प्रहरी चौकी स्थापनाको तयारी भएको प्रहरी नायव उपरिक्षक महेन्द्रप्रसाद मरासिनीले जानकारी दिनुभयो ।
गाउँपालिकाको केन्द्र देखि तिन किलोमिटर वरपर चौकी नभएका केन्द्रमा चौकी स्थापना गर्न लागिएको हो । यस अघि कायम रहेका चौकीहरु यथावत रहने उहाँले बताउनुभयो ।
चौकीका लागि आवश्यक पर्ने भौतिक पूर्वाधारका लागि गाउँपालिका सँग सम्झौता भइसकेको प्रनाउ मरासिनीले बताउनुभयो ।
तिनवटा केन्द्रमा स्थापना हुने चौकीका लागि ४५ जनाको प्रहरी जनशक्ति स्विकृति भई अवको डेढमहिना भित्र जिल्लामा आउने उहाँले बताउनुभयो ।
गाउँपालिकाको केन्द्रमा सुरक्षा व्यवस्थालाई मजबुद बनाउन प्रहरी चौकी स्थापना गर्न लागिएको हो । मालिकाको दरवाङ र मंगलाको वावियाचौरमा प्रहरी चौकी कायम रहेका छन् । यसका साथै धौलागिरिको गाउँपालिका ७ ताकम र अन्नपूर्णको ६ घारमा प्रहरी चौकी छन् ।
Kumar Kc
बधाइ छ पुनम भाइ लाइ
Krishna Paudel
सान्दर्भिक र यथार्थ लेखन...
Narayan Gharti Chhetri
राम्रो
Bhim Barma
के मल्ल हरु समाल बंशी हुन् त ? हुन त यो कुरा यो लेख को गौड बिषय हो तै पनि. खै भाषा मा प...
Kumar Kc
तातोपानि बजार मा रहेको सहकारि ३,३ पटक चोरी भयो हामि ले समय मै जानाकारि गरायका थियोै प्रहरि...
Chandraprakash Baniya
सतीदेवीको गला पतन भएको ठाउँमा शक्तिपीठ स्थापित भएको कुरा कुनै धर्मग्रन्थमा लेखिएको छैन ।...
नारायण् नारायण्...
बबियाचौर ,अर्मन ,कुहु ,बर ङ्जा ,दर्बाङ्ग ,बिम ,ताकम ,देवीस्थान ,रुम ,ओखर बोत र निस्कोत लाई...
Khem Thapa
200% sahi Bikas ka nam ma bibhinna Natakiya yojana dekhayara Farji bill dekhayar Janata ka...
Govinda Baniya Myagdeli
Thank u So Much For News Coverage @Santoshjee
Rup Pun
Ke kura bhae hola?