सङ्गिनी सहकारीको अध्यक्षमा ः श्रेष्ठ चयन

प्रताप बानियाँ/विकल्प न्यूज
म्याग्दी, मंसिर २ गते ।
महिलाहरुको आफ्नै व्यवस्थापनमा म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित सङ्गिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आइतबार सातौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ । साधारणसभाले पुनः साधना श्रेष्ठको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा नविना थापा रावल, सचिवमा कल्पना केसी, सहसचिवमा जानकी विश्वकर्मा र कोषाध्यक्षमा शर्मिला श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी कार्यसमिति सदस्यहरुमा सुधाकुमारी श्रेष्ठ, मेलिना पौडेल, मिनाकुमारी मल्ल हमाल, देवी जिसी, सुनिता केसी र कमला सुवेदी रहेका छन् । त्यस्तै लेखा संयोजकमा कमलकुमारी थापा, सुमित्रा गैरे पौडेल र थरिमाया पुन रहेका छन् ।यसअघि साधारणसभामा संस्थाका अध्यक्ष साधना श्रेष्ठले संस्थागत, सचिव तेजकुमारी बानियाँ (गंगा)ले प्रगति, कोषाध्यक्ष शर्मिला श्रेष्ठले आर्थिक र लेखा तथा सुपरीवेक्षण समितिका संयोजक सुनिता बरुवालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभाको अवसरमा संस्थाका लेखापाल थममाया थापा, बजार प्रतिनिधिद्वय कल्पना भण्डारी, मनमाया थापा र कार्यालय सहयोगी सन्तु खत्रीलाई मायाको चिनोसहित सम्मान गरिएको थियो । यसैगरी संस्थामा उत्कृष्ट कारोबार गर्ने तिरणदेवी पुन र सावित्री श्रेष्ठलाई पनि सम्मान गरिएको थियो । कार्यक्रममा संस्थाका शेयर सदस्य विष्णु रोकामगर र यशोदा रोकाले मन्तव्य राखेका थिए । सहकारीका ज्येष्ठ शेयर सदस्य पदमदेवी पाईजाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमको संस्थाका अध्यक्ष साधना श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष नविना रावलको स्वागत र निवर्तमान सचिव तेजकुमारी बानियाँको सञ्चालनमा सम्पन्न भएको थियो । सहकारीले गत आर्थिक वर्षसम्म शेयर सदस्य ३ सय ९८, शेयर पुँजी दुई करोड ११ लाख ४२ हजार आठसय, लगानी पाँच करोड ४४ लाख ८४ हजार छ सय ५० र बचत पाँच करोड छ लाख चारहजार पाँचसय ९४ रुपैयाँ रहेको जनाएको छ ।