ओली ः देशका चम्किला नक्षत्र

वि.वि. श्रेष्ठ /विकल्प न्यूज
मंसिर १ गते ।
अवसर र चुनौतीको वीचमा रहनुभएको नेकपा का अध्यक्ष एंव प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय तथा अन्तराष्टिय स्तरमा समेत केन्द्रविन्दुमा रहेका छन् ।

नेपालको लामो समयको राजनैतिक अस्थिरतामा गुज्रिएको परिवेशमा नेकपाको दुईतिहाईको सरकार वनेपछि र त्यसको नेतृत्वमा नै केपी शर्मा ओली रहनुभए पछि नेपालको राजनैतिक परिवेश गर्माएको छ । लामो राजनैतिक आन्दोलन, विभिन्न प्रकारको जेल नेल र दुख कष्टका साथ यो अवस्थामा आईपुगेका ओलीको आत्माविश्वास नै वहँँको मुख्य वाच्ने आधार हो ।

त्यहि आत्माविश्वासले नै विभिन्न प्रकारका स्थास्थयका प्रतिकुलतालाई जित्दै आउनुभएको ओलीको हालको क्रियाशिलतालाई हेर्दा लाग्दछ, प्रधानमन्त्रीत्व कालमा नेपालको ईतिहासमा केपी ओलीले राम्रो छाप छाड्नेछन ।

ईमान वाहेक सवै परिवेशको सीमा तोकिएको वताउनुभएको प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्यले साथ नदिदा नदिदा पनि सक्रियतका साथ काम गरेका कसै सामु छिपेको छैन ।

आत्माविश्वासले जितेका ओली आजको देशको प्रमुख कार्यकारी हुदाँ सम्म समान्य त्याग , तपश्याले यो अवस्थासम्म आईपुगेका हैनन । राणाशासन, पंचायत, राजतन्त्र हुदै गणतन्त्र सम्म आईपुग्दा केपी शर्मा ओलीको ईतिहास हेर्ने हो भने विश्वको राजनेताको भन्दा कम छैन ।तर पनि यतिधेरै योगदान गरेको व्यक्तिको स्वास्थ्य जस्तो संम्वेदनशील विषयलाई लिएर भद्या मजाक उडाएर लाभ लिन खोज्नु र आफु वलियो वन्न खोज्नु भनेको मुर्खता शिवाय अनय केहि हुन सक्दैन । स्वास्थ्य आम व्यक्ति होस वा अन्य राजनैतिक नेतृत्व उनिहरुको योगदानका अगाडी ओलीको योगदानलाई कदापी दाँज्न सकिदैन । संघर्षको चरणदेखि नै राजनैतिक भुमिकामा ओलीको कार्यशैलीलाई नजिकवाट नियाल्ने हो भने अन्यन्त महत्वपुर्ण पाउन सकिन्छ ।

यद्यापी समाजिक संजाल देखि राष्ट्रिय स्तरको नेताकोे स्वास्थ्यको विषयमा गरिएको भद्या आलोचनालाई भने कदापी स्वीकार्न सकिदैन । देश र जनताका लागी व्यक्तिको योगदान के कति हो मुल्यांकन गर्ने भन्दा पनि राष्ट्रिय ढुकुटीको विषयलाई लिएर गरिने अतिरन्जित गतिविधीले व्यक्तिको चेतनास्तरको मापन राम्रै सँग गरेको पाईन्छ । सजिव प्राण्ीमा स्वास्थ्य अनुकुल र प्रतिकुल समान्य प्रक्रिया हो यो समेत समान्य रुपमा नलिनेहरु देशका लागी वोझ शिवाय केहि हुन सक्दैन । जुन आफैमा पनि भोलिका दिनमा पर्न सक्दछन् ।

व्यक्ति सधै एकाकार हुन सक्दैनन् । जो कोहि पनि सर्वशक्तिमान हुन सक्दैन भने झै ओली पनि सर्वशक्तिमान होईनन् । जुनवाट कमि कमजोरी नै नहुन् । ओलीवाट विगतमा देशका लागी योगदान दिने क्रममा गल्ति कमी कमजोरी भएनन यो भन्न सकिदैन । तर पछिल्लो घटनाक्रमलाई नजिकवाट नियाल्ने हुन भने नेपालको परिवेशमा ओली नै सवैभन्दा देशभक्ति र सफल प्रधानमन्त्री हुन् ।

तत्कालिन सन्दर्भमा नेपालको संविधानसभा वाट वनेको संविधान जारी गर्ने वेलामा भारतले नाकावन्दी लगाएका परिवेशमा ओली ले नै भारतको चर्को विरोध गरेका थिए, त्यसैको परिणाम लामो समयसम्म लागेको नाकावन्दी भारतले फिर्ता लिन वाधय भयो । राजनैतिक भुमिका मा रहदाँ ओलीको त्यो भुमिकालाई आम नेपालीले मात्र होईन विदेशमा समेत त्यसको राम्रो प्रभाव परेको थियो । त्यहि पछि भएको रापतापमा भएको चुनावमा त्यहि ओलीको भुमिकाले नेकपालाई पहिलो पार्टी वनायो ।

त्यहि जीतको नतिजामा ओली प्रधानमन्त्रीमा विराजमान भईरहदाँ भारतले फेरि पनि नयाँ नक्सा सार्वजनिक गरेर यो सरकारलाई कमजोर वनाउने प्रयत्न गरिरहेको छ । मोदीको नेतृत्वले हालै कश्मीर लगायतका एरियालाई आफनो अधिनस्थ राखेर आफनो दादागिरी देखाउदै गर्दा नेपालमाथी हेप्ने, अधिनायकवाद लाद्ने नयाँ विषय होईन । सीमा सुरक्षा जस्तो गम्भिर राष्ट्रिय विषयमा ओली नेतृत्वको सरकारले सर्वसम्मतीमा देशको सिमा रक्षाका लागी लिईएको सर्वसहमती सानो विषय होईन ।

हिजोको जस्तो परिवेश नभएको सन्दर्भमा देशमा रहेको सम्पुर्ण राजनैतिक शक्तिहरुको देश प्रतिको भक्तिभागमा एकता देखाउने पहलकदमी आफैमा गौरवको विषय हो । जसले नेपाल राष्ट्रिय स्वाधिनताका मामलामा एक छ भन्ने सन्देश राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा पनि देखाएको छ । जसले गर्दा शक्तिशाली राष्ट्र चीन पनि नेपालको सन्दर्भमा सकारात्मक देखिएको छ । यो पनि ओलीको राष्ट्रवादको अनुपम उदारहण हो । जुन राष्ट्रवादले भारतलाई घुँडाँ टेकाउन मद्यत गर्दछ ।
भारतसँगको सीमा विवाद नयाँ होईन । सयौ वर्षदेखिेको यो विवाद एकैचोटी समाधान हुने पनि होईन र यसमा दादागिरी पनि चल्दैन । सरकारवाट कुटनैतिक तवरवाट यसको समाधान नै मुख्य कडि हो । ओली नेतृत्वको सरकारले यसमा अग्रसरता लिईसकेको छ । विगतमा राष्ट्रिय राजनितीमा भारतको चर्को गुलामी गर्ने नेपाली काग्रेस त्यहि सीमाको विवाद लिएर उग्र राष्ट्रवादको ताज पहिरन तल्लिन छ । जुन आम नेपाली जनतालाई स्वीकार्य छैन ।

सत्ता र सरकारमा रहँदा सधै भारतको भक्ति गाउने नेपाली काग्रेस सीमाको विषय उचालेर जनतालाई भ्रमको खेती गर्न तल्लिन देखिन्छ । एक्काईसौ शताव्दी जनतालाई पुन झुक्याउने रणनितीमा लागेको नेपाली काग्रेसको यो विषयमा पनि कुनै तुक छैन । ओली सरकारको विरोध गर्नका लागी कुनै विषय नपाएको नेपाली काग्रेस अन्तत सरकारको अग्रसरता सँगै निहुरिने पक्का छ ।
सपना र कल्पना समाज परिवर्तनका मुख्य कडि हुन् । सपनाले नै समाज परिवर्तनको मुख्य ढोका हो । ओलीले त्यहि सपना देखे र जनतालाई देखाए, जुन सपना विस्तारै पुरा हुदै जान थालेको छ । अमलेखगंज देखि नेपालसम्म पाईपलाईनवाट ईन्धन नेपाल भित्रनु ओलीको सफलताको सुचक हो । जुन पाईपलाईन हुदै ईन्धन चितवनमा झर्दे छ । जसले गर्दा ईन्धन आपुर्तिमा सहज र किफायती हुनेछ ।

जसले गर्दा जनताले प्रत्यक्ष राहत पाउने छन् । सीमा विवाद हुदै गर्दा सीमा नाकामा सुरक्षा दस्ता राख्ने निर्णयले गर्दा ओलीमा साँच्चै राष्ट्रभक्तिभाव नसा नसामा वगेको छ भन्ने पुष्टि हुन्छ । सचिवस्तरिय कुटनैतिक तवरवाट सीमा समाधानमा ओलीको सक्रियता अर्को सफल कार्य हो ।

संघीयताको कार्यन्वयन मुख्य चुनौती रहेको सन्दर्भमा आम जनताले आशातित कार्य गर्न नसकिएको ओलीले स्वीकारेको र अहिलेसम्म आधारवर्षका रुपमा रहेको र अवको दिनमा देखिने गरि विकास निर्माण हुने लक्ष्य लिएको ओली सरकारको कार्ययोजना हेर्दा अवश्य पनि पुरा हुने कुरामा कुनै शंका देखिदैन ।

सिहंदरवारको विकास गाँउ गाँउ सम्म पुरयाउने नयाँ व्यवस्था कार्यन्वयनमाा समय खर्चेको ओली सरकार त्यसका वावजुद पनि देशमा भएको वहुवर्षिय कार्यक्रम होस वा विकास निर्माण को गति हिजोको सरकारसँग कदापी दाँजन सकिदैन । पानीजहाज र रेलका सपना देखाएका ओली त्यसवाट अलग हुन सक्दैनन । सम्भाव्यताका सपनालाई मुर्त रुप दिनका लागी लागिपरेका ओली देशका नै नक्षत्र हुन् । जुन लामो समयसम्म चम्किरहनेछन् ।

लामो समयको आन्दोलन, विभिन्न कालखण्डमा राजतन्त्र, राणाशासन कालमा भोगका त्यो दर्दनाक अवस्थाले ओलीको स्वास्थ्य विग्रनु अस्वाभाविक हैन । जेलनेल भोगेको ओली चौध वर्ष जेल जीवन व्यतित गर्दा तत्कालिन समयमा कति क्रुरता भोगेका होलान् जुन हामी कल्पना पनि गर्न सक्दैनौ ।

यद्यापी पनि ओलीको अहिलेको क्रियाशिलता र आत्माविश्वास हेर्दा नेपाली हुनुमा गर्व लाग्दछ । राणाशासनको त्यो वर्वर यातना सहन नसकेर आत्मसर्मपण गर्नु, भागेर ज्यान जोगाउनु, पलायन हुनको सन्दर्भमा ओलीको निरन्तरता आफैमा गौरवका विषय हुन् ,। पक्कै पनि लामो राजनैतिक संघर्षमा ओलीवाट कमीकमजोरी नभएका होईनन तर त्यसवाट तिखारिदै आजको अवस्थामा आईपुग्नु सहज विषय होईन ।

खानका लागी वाच्नेहरुका वीचमा ओली आकाशका चम्किला तारा हुन् जुन लामो समय सम्म चम्किरहनेछन् विलाउनेहरुका त्यो भीडमा ओली त्यो दियो हो जसले आम नागरिकलाई देशका लागी केहि गर्ने प्रेरणा दिनेछन् ।

ओलीको यहि क्रियाशिलताले देशमा भएको यो परिवर्तनले साँच्चै देश चाडै नै फड्को मार्ने कुरामा कुनै शंका छैन । विरोधका लागी विरोध केहि समयका लागी मात्र सहय हुन सक्नेछ । ओलीको सरकार संचालनको यहि स्पीडले नयाँ नेपाल निर्माणमा महत्वपुर्ण भुमिका खेल्नेछ ।