मिडिया अवार्डद्धारा नवविकल्पका सम्पादक आचार्य सम्मानीत

विकल्प न्यूज/बेनी
कार्तिक ३० गते ।  म्याग्दी मिडिया सोसाईटीले स्थापना गरेको मिडिया अवार्ड २०७६ बाट नवविकल्प साप्ताहिक र विकल्प न्यूज डट कममा प्रकाशक /सम्पादक ठाकुरप्रसाद आचार्य सम्मानित हुनुभएको छ ।

एकदश भन्दा बढी समय म्याग्दीमा पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार आचार्यलाई म्याग्दी मिडिया सोसाईटीको तेस्रो साधारणसभाको अवसरमा सो अवार्डद्धारा सम्मान गरिएको हो । सोसाईटीले हरेक बर्ष प्रदान गर्ने अवार्ड जिल्लामा रहेका संचारमाध्यममा एक दशक भन्दा बढी समयसम्म क्रियाशिल रही पर्यटन,कृषि,जलविद्युत,विकास निर्माण,शिक्षा,स्वास्थ्य लगायत क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै पत्रकार आचार्यलाई सम्मानीत गरिएको हो । कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य विनोद केसी र संस्थाका अध्यक्ष कमल खत्रीद्धारा सम्मानपत्र, दोसल्ला र ६ हजार ५०० रुपैयाँ नगद सहित आचार्यलाई सम्मान गरिएको थियो । पत्रकार आचार्य स्थानीय संचारमाध्यमका साथै गोरखापत्र दैनिकमा विगत १२ वर्ष देखि कार्यरत हुनुहुन्छ । आचार्य म्याग्दी मिडिया सोसाईटीको कोषाध्यक्ष तथा नेपाल पत्रकार महासंघ म्याग्दी शाखाको उपाध्यक्ष समेत हुनुहुन्छ । सोही अवसरमा म्याग्दी मिडिया सोसाइटीले स्थानीय तहसंगको सहकार्यमा संचालन गरिएको आधारभूत पत्रकारिता तालिममा भाग लिएर ग्रामिण क्षेत्रमा रहेर पनि संचार क्षेत्रमा क्रियाशिल रहेका दुई जना ब्यक्तिलाई समेत प्रोत्साहन सम्मान गरिएको हो ।

सम्मान हुनेमा अन्नपुर्ण गाउँपालिका –५ शिखका सेते तिलिजा मगर र रघुगंगा गाँउपालिका–१ बेगका दलप्रसाद तिलिजालाई नगद एकहजारसहित सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।साथै सोसाईटीले दुइलाख २१ हजार रुपैयाँको मिडियाकर्मी हितकोषको स्थापना गरेको अध्यक्ष खत्रीले साधारणसभामा घोषणा गर्नुभयो । साधारणसभाका अवसरमा म्याग्दीमा क्रियाशिल तथा संस्थामा आवद्ध १२ जना पत्रकारहरुको स्वास्थ्य विमा संस्थाले गर्ने घोषणा गरिएको छ ।