जसले नेपाललाई च्याम्पियन बनाए

विकल्प न्यूज/बेनी
कार्तिक २९ गते । 

 सुबास हुमागाईं, ढाका

महिला राष्ट्रिय भलिबल टोलीले बिहिबार नेपाली भलिबलमा नयाँ इतिहास रच्यो । बंगलादेशमा सम्पन्न एभीसी एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल च्याम्पियन बन्यो । यसक्रममा नेपालले प्रतियोगिता अवधिभर कुनै सेट हारेन । 

कप्तान अरुण शाहीको नेतृत्वमा रहेको टोलीले उपाधि दिलाउने क्रममा एकपक्षीय प्रदर्शन गरे । प्रशिक्षक जगदीश प्रसाद भट्टको प्रशिक्षणमा चार महिनादेखि रहेको टोलीले पछिल्लो महिना झन्डै ३ साता थाइल्याण्डमा रहेर प्रशिक्षण र मैत्रीपूर्ण खेल खेलेको थियो । निकै युवा खेलाडीहरु समेटेर बनेको यस टोलीले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्न सफल भयो ।

उपाधि जित्ने नेपाली टोलीका खेलाडी सदस्य तथा प्रशिक्षक टोली यसप्रकार छ : साभारः हाम्रो खेलकुद डटकम