रुमको बिलबाङमा खुकुरी प्रहारबाट शिक्षिका गम्भिर घाइते

विकल्प न्यूज/बेनी
कार्तिक २७ गते । म्याग्दीको मालिका गाउँपालिका २ रुमको बिलबाङमा  स्थानीय एक युवाले खुकुरी प्रहार गर्दा शिक्षिका गम्भिर घाईते हुनुभएको छ ।

बुधवार करिब ९.३० बजेतिर बिलबाङबाट खबाङ स्थित राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयमा जाँदै गर्दा शिक्षिका इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गर्दा गम्भिर घाईते हुनुभएको हो ।

गाउँदेखि माथि बाटोमा हिडिरहनुभएकी शिक्षिका पुनलाई विचबाटोमा छेकेर खुकुरी प्रहार गरेको वडा सदस्य हिराबहादुर बुढाथोकीले बताउनुभयो ।

खुकुरी प्रहार गर्ने युवा अहिले फरार भएका छन् । गम्भिर घाईते पुनको उपचारका लागि हेलिकप्टरबाट काठमाण्डौं लैजाने तयारी गरिएको छ । शिक्षिकाको अवस्था गम्भिर रहेको वडा सदस्य हिराबहादुर बुढाथोकीले बताउनुभयो । उहाँको अवस्था अचेत छ उहाँले भन्नुभयो ।

शिक्षिका पुनको टाउको र हातमा ठूलो चोट लागेको उहाँले बताउनुभयो । घटनास्थलमा इलाका प्रहरी कार्यालय दरबाङबाट प्रहरी पुगेको छ ।