पति पथ,पति पद

शान्ति बस्नेत /विकल्प न्यूज
कार्तिक २६ गते ।
हामी २१औं शताव्दीका नारी हौं भनेर हरेक सभा, सम्मेलन अनि घाँस, दाउरा, चुलो, चौका मेलापात गर्दा भन्ने गदर्छौ । विश्वका नारीहरुले महिला अधिकारका निमित्त आफ्नो ज्यानसम्म दिनका निम्ति पछि हटेनन । तर अधिकारका कुराहरु गरेर मात्रै र संविधानका पानाहरुमा ठेली बनाउन कै निमित्त मात्रै त महिला आन्दोलनको औचसत्यता त है न नि त ? जब अवसरको कुराहरु आउँछ, त्यहाँ स्वयम नारीको नाम आउनेमा कञ्चुस्याई हुने गर्दछ । तर जब महिलाहरुमा समस्या सृजना हुन्छ त्यहाँ चाहिँ अधिकारका कुराहरु गुञ्जयमान हुन थालछन ।

ति गुञ्जयमान नारीका धुनहरु मात्र नारामा सीमित रहेका छन। नारी भएपछि त पुरुष सो सरह अधिकार दिनु पर्छ नि पुरुष प्रधान देशको झ–झल्को दिने किसिमका क्रियाकलापहरु गर्दा त अझैं हामी नारीको धरातल कहाँ छ त ? राजनीतिक हुन या अन्य विभिन्न क्रियाकलापहरु हुन नारी पनि पुरुष सो सरह काम गर्न सक्छे किन कि नारीले हरेक घर व्यवहारलाई मिलाएर वाहिर निस्कनु पर्दा त पुरुष सो सरह अलि सुस्त हुने गरेको छ तर पनि यो समाजले त्यति काम गरेर निस्कदा पनि पुरुषले गरेको काममा नै नारीले सहयोग गर्दा विभिन्न आरोप प्रत्यरोप लगाउने चलन बढि नै रहेको छ ।

श्रीमान सो सरह काम गर्न सक्ने सक्रिय नारीहरुले अवसरको सट्टा अपजस खेप्नु परेको छ ।अधिकारका कुरा संविधानमा लेखिएर मात्रै हुन्न के यहाँ त पहिला सोचमा सकरात्मक हुन आवश्यक छ । अधिकार दिदा पनि अचम्मित किसिमले दिने चलन छ, किन कि नारीहरु सहानुभूति अर्थात दया मायाले मात्रै अधिकार दिने हैन नि नारी पनि यो रणमैदानमा पुरुष सरह रगतको रकताम्ये भेल बगाएर अधिकार सुनिश्चित गरिएको छ ।

त्यसैले पति पथ र पति पदमा सीमित नगरियोस नारीलाई । अहिले हुन लागेको उपनिर्वाचनमा कास्की –२ बाट नेकपा कि उम्मेदवार विद्या भट्टराईलाई बनाउने निर्णय भएको छ ।

उनी एक आफैमा प्रभावशाली महिला नेतृ हुन । उनलाई यो सहानुभूतिको पद दिन आवश्यक मान्दिन । उनी तत्कालीन पर्यटनमन्त्री दिवङ्गत रवीन्द्र अधिकारीकी पत्नी हुन । यसो भन्दै गर्दा पतिको पद र पथले मात्रै नारीहरुको राजनैतिक र अन्य व्यवहार वा विरासत त धान्दैन नित ? हामी आफै पनि त यस्तो हैसियत बनाउन सक्ने चेतना भएका महिला हौं ।

त्यस्तै गरी तीर्था गौतम एमाले रुकुमका तत्कालीन सचिव प्रतिनिधिसभाका उमेदवार यदु गौतमकी पत्नी हुन उनका श्रीमानको २०५५ साल फाल्गुन २१ गते हत्या भएको हो ।

त्यसै क्रममा श्रीमानको हत्या पछि श्रीमानकै क्षेत्रबाट रुकुम २ बाट २०५६ सालको आमनिर्वाचनमा उमेदवार वनेर जित हासिल गरिन साथै उनी २०७४ सालमा समानुपातिक कोटाबाट सांसद बनेकी छन ।

त्यसतै गरी माया ज्ञवाली जीवनराज आश्रितकी पत्नी थिइन ज्ञवालीका श्रीमान मदन भण्डारीसँगै जिप दुर्घटनामा परि ज्यान गुमाएका थिए ।

अनि माया ज्ञवालीलाई पनि नेकपा ले समानुपातिक कोटाबाट २०७४ सालमा सांसद बनाएको छ । त्यसै गरि श्रीमानको निधन पछि मात्रै नारीहरुलाई अधिकारको खोक्रो खोल ओढाउने क्रममा नै चम्पादेवी खड्का उनी नेपाली काङ्ग्रेसका संविधानसभा सदस्य हरिबहादुर खड्काको श्रीमती हुन उनका श्रीमानको निधन पछि चम्पादेवी २०७१ सालमा सम्पन्न निर्वाचनमा आफ्नै पति निर्वाचित भएको क्षेत्रबाट जित हासिल गरी सांसद बनिन । त्स्तै गरी नेपालको राष्ट्रपति विद्या भण्डारी ।

उनको आफ्नै राजनीतिक इतिहास भएता पनि विद्यार्थी राजनीतिमा सक्रिय हुँदै उनी कम्युनिष्ट आन्दोलनमा होमिएकी उनको विवाह २०३९ सालमा मदन भण्डारीसंग भयो ।

तर विवाहलाई जीवन्त विताउन नपाउदैं उनका श्रीमान भण्डारीको २०५० जेठ ३ गते चितवनको दासढुङ्गामा जिप दुरघटनामा परि निधन भयो । त्यो जिप दुर्घटनाको कुनै तथ्य सार्वजनिक भएको छैन ।

मदन भण्डारी नेपाली राजनीतिका एक कुशल राजनीतिज्ञ मानिन्छन । आज विद्याले भण्डारीको यो स्थानमा पाइला राख्न उनका श्रीमानको नै देन हो भनेर व्याख्या र विश्नेपण पनि भएको पाइन्छ ।

हो यस्तै धेरै महिलाहरुलाई पतिको आडमा पद दिइएर समाजलाई पुरुष प्रधानको नै हो भन्ने जस्ता वोलिमा नभए ता पनि व्यवहारमा देखाइरहेका छन ।

नारीलाई ति पद र पथको हैसियतमा हिडाउने हैन नारी आफैमा सक्षम छे दया र मायाले पद चल्ने भन्ने हुदैन संघर्षशील नारीहरु समाजमा प्रशस्तै छन नि उनिहरुलाई अगाडि बढाउन प्रयत्न गर्नु पर्छ ।

महिलालाई अधिकार दिनु पर्छ तर श्रीमानको मृत्यु पछिको सहानुभूति प्रकटवाला पद दिइएर महिला अधिकारलाई कुल्चन पाइदैन । नारी आफैमा शसक्त पात्र हो । त्यसैले राजनीति हो वा अन्य क्षेत्र होस नारीलाई नारी कै पद र पथमा हिड्न दिने रसक्ने प्रेरणा मिलोस । लेखिका वस्नेतले नारी अधिकारका वारेमा निरन्तर कमल चलाउनुहुन्छ ।