ठगी आरोपमा ‘अघोरी बाबा’की श्रीमती पक्राउ

काठमाडौं । 

एक महिलालाई झुक्याएर विवाह गराइदिएको आरोपमा ‘अघोरी बाबा’की श्रीमती शारदा पाण्डे पक्राउ परेकी छन् ।

महानगरीय प्रहरी वृत बौद्धबाट उनलाई प्रहरीले पक्राउ गरेको हो । वृत बौद्धका डीएसपी रमेश बहादुर सिहंका अनुसार शारदा र उनका पूर्वपति मिलेर एक महिलालाई विवाहका विषयमा झुक्याएका थिए । सोही प्रकरणको अनुसन्धानका क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो । baahrakhari.com