ताजा समाचार:
Search

कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो

वि.वि. श्रेष्ठ /विकल्प न्यूज
कार्तिक २४ गते ।
सामन्ती र हेपाहा चिन्तन विश्वको वदलिदो परिवेशमा पनि देखिदो रहेछ । जतिसुकै छिमेकी राष्ट्रको दुहाई दिएता पनि ठुलो राष्ट्रले सानो राष्ट्रलाइ र वलियो ले निर्धोलाई हेप्ने प्रवृत्तिमा कमि नआउने रहेछ । स्वतन्त्र,सार्वभौम सत्ता राष्ट्र नेपालमाथी फेरि पनि विश्वका शक्तिशालि राष्ट्रहरुले सिमा मिच्ने प्रवृत्ति दोहराएका छन् । मुलुक आफैमा पनि सार्वभौम मुलुक हो । ओ आफैमा अविभाजित्व रहेको छ ।

ईतिहासलाई नजिकवाट नियाल्ने हो भने नेपालको आफैमा गौरवान्वित ईतिहास रहेको छ । कहिल्यै कसै वाट पनि शासित नभएको नेपाललाई हेप्ने, दवाउने श्रृखला विगत देखि नै भएता पनि राष्ट्रिय अखण्डता र सिमा मिच्ने जस्ता कृत्सत्य घटनाले नेपालको असली मित्र चिन्ने थप मौका मिलेको छ ।

हिजो अग्रेज अधिनस्थ रहेर वसेको भारत भौगोलिक, आर्थिक, विकास र जनघनत्वको वलमा हिजोको अग्रेज शाशित व्यवहार वाट समेत नचेती आज नेपालमाथी अनेकौ हस्तक्षेप गरेर दादागिरी प्रस्तुत गरिरहेको छ ।

सधै नेपाललाई आफनो प्रान्त सम्झने भारत आज नेपाली फौजका कारण विश्वमा आफनो उपस्थिती देखाउन सक्ने सामथ्र्यमा रहेको यथार्थ भुलेको छ । लामो समयसम्म अग्रेजको अधिनस्थ रहेको भारत अग्रेजवाट स्वायत्त हुनभन्दा अगाडी सम्म देशको सार्वभौमसत्ता, स्वतन्त्रताको लामो पैरव िगरेको थियो । समय आज परिवर्तन भएको छ ।

भारत आज स्वतन्त्र भएको छ । तर उसको चिन्तन भने त्यहि अग्रेजको शैलीमा रहेको छ । भौगोलिक वनोट, सानो ठुलो रहला तर देशको सार्वभौमसत्ता, देशको राष्ट्रिय अखण्डता र स्वतन्त्रता भने कदापी सानो ठुलो हुन सक्दैन । देशको सिमाना मिचिदा कोही पनि टुलुटुल हेरेर वस्न सक्दैन ।

भारतको यहि रवैया रहिरहयो र भर्खर जारी गरेको नक्सामा नेपालको भुभाग समेटीएको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको नक्सा अविलम्व सच्चाउने हिम्मत गरेन भने र नेपाल र भारतको टकराव हुनेमा कुनै शंका छैन ।

सन् १८२७ र १८५६ मा विट्टिस सर्भे अफ ईण्डियाले निकालेको नक्सामा लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको नक्सामा रहेको प्रष्ट देखाएको छ । विश्वको मानचित्रमा समेत उक्त भुभाग नेपालको रहेको देखिएता पनि भारतले भने उक्त भुभाग हडप्ने प्रयत्न सधै गरिरहयो ।

नेपालका वीर शहिदहरुले रगतको खोला वगाएर जोगाएको कालापानी लगायत नेपालको भुभाग विगतमा नेपालको राजनैतिक दलका नेतृत्वका कमजोरीका कारण विगतदेखि नै कालापानी लगायतका भुभागहरु भारतले आफनो अधिनस्थ राख्न खोज्यो ।

देशको माया नहुने र स्वार्थमा लिप्त नेपालका नेताहरुका कारण आम नेपाली जनताहरु सधै भारतको हेपाहा प्रवृत्तिको शिकार भईरहयो । विश्वको नक्सामा नापित नक्साहरु मा कहिले भारतले त कहिले चीनले कव्जा गरिरहयो । नेपालमा राजैतिक अस्थिरता र सत्ता र शक्तिलाई जीवन देख्नेहरुले भारतको त्यो हेपाहा प्रवृत्तिलाई आँखा चिम्लिदियो । त्यसैको पराकाष्ट भारतले सधै नेपाललाई आफनो कुनै राज्यको रुपमा व्यवहार गरिदियो । त्यसैको नतिजा स्वरुप नेपाल सधै भारतको सामन्ती, शोषण र हेपाहामा परिरहयो ।

भारतवाट हेपिएको, सिमा मिचेको घटना वेगल्ती छन् । नेपालको भुभागमा भारतीयहरुको हैकम हेर्ने हो भने त्यो सहन सक्ने अवस्थामा छैन । नेपाल र भारतको सिमानामा रहेको भुभागमा जहाँ पनि भारतीय सुरक्षाकर्मीको एकहोरो सिमाना मिचेको छ । सिमानामा वस्ने नेपालीहरुले भारतको त्यो दादागीरि राम्रो सँग भोगेका छन्, त्यो विषयले स्थान नपाईरहदाँ भारतले एक्कासी एकतर्फी रुपमा छिमेकी मुलुकसँग समेत सल्लाह नगरी नयाँ नक्सा सार्वजनिक गरेसँगै नेपालीहरु भारत सँग आक्रोशित भएका हुन् ।

देशको अस्तित्व दोहन हुदाँ सम्भवत जो पनि जुर्मुराउन अस्वभाविक होईन तर भारतले आफनो रवैया यथास्थितीमा राखिरहयो भने कालान्तरमा मुठभेडका घटना नहोलान भन्न सकिदैन । सहयोगका नाममा, छिमेकका नाममा गरिने केहि आर्थिक र भौतिक सहयोग देशको सार्वभौमसत्ता र स्वतन्त्रतामाथी नै महङ्गो सावित वनिदियो । जसको मुल्य नेपालीले लामो समयसम्म चुकाउनुपर्नेछ ।
नेपालका राजनितीमा सधै भारतको हस्तक्षेपकारी भुमिका महत्वपुर्ण वनिदियो । नेपालको राजनैतिक आन्दोलनमा भारतको भुमिका केन्द्रमा वसिदियो । राणाशासनको अन्त्यको आन्दोलन, २००७, २०१७, २०३६ साल हुदै ०६२।६३को राजनैतिक आन्दोलनमा समेत भारतको वोलवोलावट भईरहयो ।

नेपालीहरु आफै निर्णय गर्न सक्दैनन भन्ने मानसिकताको फाईदा उठाउदैे भारत र सानो सानो निर्णयमा समेत भारतको मुख ताक्ने नेपालको प्रवृत्तिको भारतले भरपुर फाईदा लियो । जसका कारण नेपालको संविधान निर्माणमा समेत भारतको हस्तक्षेपले प्रशय पायो । भारतको सल्लाह वेगर गरिएको संविधानको निर्माण र घोषणाले नेपालले अन्तत नाकावन्दीको सामना गर्नुपरयो ।

नेपालको हरेक निर्णयमा आफनो पनि भुमिका रहनुपर्ने मान्यातामा रहेको भारत संविधानको घोषणामा नेपालको राजनैतिक दलहरुको सहमतिमा घोषणा भयो, त्यसपछि अत्तालिएको भारतले नेपालमाथी नाकावन्दी गरेर आफनो विस्तारवादी चिन्तन प्रकट गरिदियो । जुन गतिविधिले फेरि पनि नेपाल भारतको भर पर्नुको विकल्प नरहेको पुष्टि गरिदियो ।

भौगोलिक वनावटले नेपाल भारत भन्दा धेरै नै सानो भएता पनि भारत विश्वको शक्तिशाली मुलकुको सुचिमा सुचिकृत हुनु तर नेपाल झन झन परनिर्भरतामा वाँच्नु नै भारतले नेपाल देखाउने दादागिरी र हस्तक्षेपको अंश हो । त्यहि दादागिरीको नमुना नै अहिलेको नयाँ नक्सा हो । जुन नक्सामा भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लाई आफनो नक्सामा समेटेको छ ।

कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको हो । यसमा कुनै विवाद छैन । शक्तिको आडमा भारतले नेपालको भुभाग कदाप िहडप्न दिनु हुदैन । नेपाल सरकारले पनि एकलौटी रुपमा आएको भारतको नक्सामा नेपालको समर्थन नरहेको आधिकारिक धारणा प्रस्तुत गरिसकेको छ । सरकारको कुटनैतिक माध्यामवाट यसको सहि समाधान नै अहिलको देशको मुख्य प्राथमिकता हो ।

सहमति र सम्झौताका नाममा देशको भुमि भारतलाई कदापी दिईनुहुदैन । यसका लागी नागरिकको जनआवाज पनि शशक्त हुन जरुरी रहेको छ । देशका साझा विषयमा पक्ष विपक्ष नभई राष्ट्रिय एकतामा एक हुनुनै नेपालीको आम कर्तव्य हो । पुर्खाले जोगाउको नेपालको भुभाग एक्काईसौ शताव्दीको वदलिदो परिवेशमा पनि भारतिय ज्यादतीको रमिते वन्ने हो भने नेपाली हुनुको त्यो भन्दा ठुलो पीडा अन्य हुन सक्दैन ।

अत भारतिय विस्तारवाद र हेपाहा प्रवृत्तिको विरुद्ध लड्नु नै अहिलेको आवश्यकता हो । देशमा भईरहेको भारत विरोधी आन्दोलनमा शसक्त रुपमा आवाज उठाएर भारतले सार्वजनिक गरेको नयाँ नक्सामा नेपालको भुमिमा कालापानी लगायत अन्य भुमि नेपालको नक्समा नक्सांकन गराउनु नै अवको हाम्रो आन्दोलन केन्द्रित हुनुपर्दछ, सरकारको कुटनैतिक भुमिकामा जनताको प्रत्यक्ष सक्रिय सहभागिताले नै भारतलाई थप दवाव पुग्दछ ।

राष्ट्रियता जस्तो संम्वेदनशिल विषयमा पनि पक्ष र विपक्ष र स्वार्थतामा लडिरहने हो भने भारतले नेपालको अस्तित्व नै सखाप पार्न वेर छैन । देशको सार्वभौमसत्ता र स्वतन्त्रतामा कसैले औला ठड्याउने हिम्मत गर्दा हामी नेपाली हरु टुलुटुलु हेरेर कदापी वस्ने छैनौ । भारतको त्यो विस्तावादी, अधिनायकवादी सोचको विरुद्ध नेपालीहरुले लड्ने दिन आएको छ । यहि नेपालीको देशप्रतिको अगाध माया र विश्वासले नै अगामी दिनमा भारतको हैकमवादी सोच अन्त्य हुनेछ ।