ताजा समाचार:
Search

वेष्ट पोइन्टमा दुई दिने कार्यशाला सम्पन्न

विकल्प न्यूज/बेनी
कार्तिक २४ गते ।  
न्यु वेष्ट पोइन्ट आवासीयमाघ्यामिक विद्यालयमादुई दिने कार्यशाला सम्पन्नभएको छ । ग्रीनवेष्ट पोइन्ट क्लिन वेष्ट पोइन्टलाइ निरन्तरतादिंदै यसलाई अझै प्रभावकारी बनाउनदुई दिने कार्यशाला संचालन गरिएको हो । कार्तिक २२ र २३ गते शुक्रबार र शनिबार गरि कार्यक्रम सम्पन्नभएको हो ।

पहिलो दिनवेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दीप्रालीकाअध्यक्ष सुदर्शन कुमार श्रेष्ठले फोहोरलाई मोहोरमा रुपान्तारण गर्न यसलाई माया गर्नु पर्ने र फोहोर नै नगरे सफा गर्ने नपर्ने कुरा बताउनु भएको थियो ।

कार्यक्रमकाप्रमुख प्रस्तोताश्रेष्ठले वेष्ट पोइन्टले वेष्ट पोइन्टले यसै अवधारणा अनुसार धेरै पहेलेदेखी नै भान्साबाट निस्कने फोहोर लगायतकुहिने फोहोरमार्फत बायोग्यास प्लान्ट संचालन गरिरहेको छ ।

त्यसैगरी २०७४ देखि विद्यालयलाई प्लास्टिक र चुइगममुक्त क्षेत्र घोषणा गरि त्यसलाई निरन्तरतादिईरहेको छ । हालविद्यालयमा ८० प्रतिशत प्लास्टिक र चुइंगममुक्तकार्यक्रमले सफलतापाएको छ । त्यसैगरी विद्यालयमा रहेका विभिन्न क्षेत्रमा वृक्षारोपण, फलफुल तरकारी, गमलामाफुल रोप्ने कार्य लगायतकाकार्य भैरहेका छन् । बालविकास तहमाविद्यार्थीहरुले आफ्नो जन्मदिनको अवसरमा गमलामाफुल रोपेर विद्यालयमाउपाहार ल्याउने गरेका छन् ।विद्यालयमाटुल बक्स स्टेसन समेत स्थापना गरिएको छ।

गमलामाफुलमात्रै नभएर तरकारी समेत रोप्ने र विद्यालयबाट निस्कने फोहोरलाई उचितब्यबस्थापन गर्न करेसाबारी निर्माण कुहिने फोहोरलाई प्रांगारिक मलबनाउने कार्यको थालनी समेत गरिएको छ ।

हामीले नगरे कसले गर्ने आजै नगरे कहिले गर्ने त्यसैले आफ्नै स्तरबाट विद्यालयले हरेक विद्यार्थी शिक्षककर्मचारीले सरसफाई फोहोर ब्यबस्थापन गर्न सकेमा घर समुदाय र देश नै सफा र हराभरा हुने कुरा श्रेष्ठले बताउनु भएको थियो ।

दोश्रो दिनकार्तिक २३ गते प्रयोगात्मक र स्थलगतअवलोकनको लागिम्याग्दीको बेनिनागरपालिका ४ मा संचालनभएको कृषिफारमको अवलोकन भ्रमण समेत गरिएको थियो कार्यक्रममाशिक्षककर्मचारी, स्कुल क्याप्टेन, कक्षाकाकक्षा क्याप्टेन र भाइस क्याप्टेन, संस्थापकनिर्देशकहरु समेत अवालोकन भ्रमणमा सहभागीभएकाथिए,।

कार्यक्रमविद्यालयकाप्रिन्सिपल डिबी दाहालको सभापतित्व,भाइस प्रिन्सिपल सरोज लकान्दिरुको स्वागत र कृष्ण जिसीको संचालनमा सम्पन्नभएको वेष्ट पोइन्ट मिडियाहबले जनाएको छ।